पोखराका ७४ प्रतिशत योजना ५ लाख मुनिका, ३ सय योजनाको कामै भएन
सारांश
- पोखरा महानगरपालिकामा साना योजनाको संख्या बढ्दो छ, आर्थिक वर्ष २०८०/०८१ मा ५ लाखभन्दा साना योजना ७५ प्रतिशत रहेका छन्।
- गत वर्ष १ लाखभन्दा साना योजनामा १ करोड १३ लाख र १ देखि ५ लाखसम्मका योजनामा २३ करोड ६४ लाख खर्च भएको देखिन्छ।
- छनोट भएका ३१२ वटा योजनामा प्रगति शून्य रहेको छ भने महालेखाले कार्यान्वयनयोग्य योजना मात्र छान्न सुझाव दिएको छ।
पोखरा । पोखरा महानगरपालिकामा साना र टुक्रे योजनाको चापी बर्सेनि बढ्दो छ । आर्थिक वर्ष २०८०।०८१ को बजेट कार्यान्वयनका लागि विनियोजन गरिएको बजेट मध्ये झन्डै ७५ प्रतिशत योजना ५ लाख भन्दा साना छन् । महालेखा परीक्षकको प्रतिवेदन अनुसार यस्ता योजना १ हजार ६६ वटा छन् ।
महानगरपालिकाले गत वर्ष १ लाख भन्दा साना १ सय ५२ वटा योजनामा १ करोड १३ लाख खर्च गरेको छ । १ देखि ५ लाखसम्मका ९ सय १४ वटा योजनामा २३ करोड ६४ लाख खर्च गरेको देखिएको छ । ५ देखि १० लाखसम्मका ३ सय ५५ वटा योजनामा २३ करोड ९८ लाख, १० देखि ५० लाखसम्मका ४ सय १० वटा योजनामा ६९ करोड ९ लाख खर्च भएको छ ।
ठुला योजनाहरू भने न्यून देखिन्छन् । ५० लाख भन्दा ठुला जम्मा ९५ वटा योजना छन् । ती योजनामा १ अर्ब ३१ करोड ७५ लाख रुपैयाँ खर्च भएको छ । महानगर भरी १ हजार ९ सय २६ वटा आयोजना छनोट गरेर २ अर्ब ४९ करोड ६१ लाख खर्च गरिएको हो । तर छनोट भएर पनि बजेट विनियोजन गरिएको ३ सय १२ वटा योजनामा प्रगति शून्य छ ।
यसमा ६२ करोड ७९ लाख विनियोजन गरिएको थियो । महानगरले चालू वर्षको बजेट कार्यान्वयन अन्तिम चरणमा पुर्याएको छ । तर बजेट खर्च उत्साहजनक छैन । यही अवधिमा नयाँ आर्थिक वर्षको बजेट निर्माणमा जुटेको छ । महालेखाले कार्यान्वयनयोग्य योजना मात्रै छान्न सुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण