११ महिनामा १ खर्ब ७ अर्बको खाने तेल निर्यात, कुन तेल कति ?
सारांश
- चालु आर्थिक वर्षको ११ महिनामा नेपालबाट १ खर्ब ७ अर्ब रुपैयाँको खाने तेल निर्यात भएको छ।
- निर्यातमा सबैभन्दा ठूलो हिस्सा प्रशोधित भटमासको तेलको छ, जसको निर्यात ९३ अर्ब ५२ करोड रुपैयाँ बराबर रहेको छ।
- नेपालले भारतमा प्रशोधित तेल निर्यात गर्छ, तर भारतले भन्सार महसुल घटाउँदा नेपाली निर्यातकर्तालाई केही चुनौती थपिएको छ।
काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा नेपालबाट १ खर्ब ७ अर्ब ६८ करोड रुपैयाँ बराबरको खाने तेल निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको जेठ मसान्तसम्मको तथ्यांकअनुसार निर्यातमा प्रशोधित भटमासको तेलको हिस्सा सबैभन्दा ठुलो देखिएको छ ।
तथ्यांकअनुसार कुल निर्यातमध्ये ९३ अर्ब ५२ करोड रुपैयाँको प्रशोधित भटमासको तेल रहेको छ । यसैगरी ११ अर्ब ३३ करोड रुपैयाँको सनफ्लावर तेल, १ अर्ब ९९ करोड रुपैयाँको पाम तेल र ८३ करोड रुपैयाँ बराबरको अन्य तेल निर्यात भएको देखिन्छ ।
नेपालले अर्जेन्टिना, ब्राजिल, इन्डोनेसिया र युक्रेनजस्ता देशहरूबाट कच्चा तेल आयात गरी प्रशोधन गरेर भारततर्फ निर्यात गर्दै आएको छ । नेपाल–भारत वाणिज्य सन्धिअन्तर्गत नेपाली उत्पादनले शून्य भन्सारको सुविधा पाएका छन् । जसका कारण व्यापार फस्टाएको हो ।
यद्यपि, पछिल्लो समय भारतले खाने तेल आयातमा अन्य देशका लागि लाग्दै आएको भन्सार महसुल घटाएको छ । जेठदेखि भारतले भन्सार दर १० प्रतिशत विन्दुले घटाउँदा नेपाली निर्यातकर्तालाई भने केही चुनौती देखिन्छ । तर, नेपाली उद्योगीहरूले १० प्रतिशतसम्मको भन्सार भिन्नतामा पनि प्रतिस्पर्धा गर्न सकिने बताएका छन् । जेठको निर्यात तथ्यांकमा भन्सार घटेको प्रभाव देखिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण