इरान इजरायल युद्धको प्रभाव
इरानबाट कतार र इराकस्थित अमेरिकी सैन्य अड्डातर्फ मिसाइलहरू प्रक्षेपण : अमेरिकी अधिकारी
सोमबार, ०९ असार २०८२, २२ : ५६
सारांश
- सीएनएनका अनुसार इरानले कतार र इराकमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल प्रहार गरेको छ।
- अमेरिकी अधिकारीहरूले मिसाइल ट्र्याकिङ गरिरहेका छन् भने ह्वाइट हाउस र रक्षा मन्त्रालयका अधिकारीहरूले स्थितिको निगरानी गरिरहेका छन्।
- राष्ट्रपति ट्रम्पले गत महिना अल उदैद एयर बेसको भ्रमण गरेका थिए, जुन मध्यपूर्वको सबैभन्दा ठूलो अमेरिकी सैन्य अड्डा हो।
वासिङ्टन । इरानबाट कतार र इराकमा रहेका अमेरिकी सैन्य अड्डाहरू लक्षित गरी मिसाइल प्रक्षेपण गरिएको दुई जना अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले समाचार प्रकाशित गरेको छ ।अमेरिकी पक्षले ती मिसाइलहरूको ट्र्याकिङ गरिरहेको समाचारमा उल्लेख छ ।
ह्वाइट हाउसका एक अधिकारीका अनुसार अमेरिकी रक्षा मन्त्री पिट हेगसेथ र जोइन्ड चिफ अफ स्टाफका अध्यक्ष ड्यान केन हाल ‘सिचुएसन रूम’ मा छन्।
यसअघि एक वरिष्ठ अधिकारीले कतरस्थित अल उदैद एयर बेसमाथि सम्भावित आक्रमणको खतरा भन्दै ह्वाइट हाउस र रक्षा मन्त्रालयका अधिकारीहरू निगरानीमा रहेको बताएका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना उक्त बेसको भ्रमण गरेका थिए । सन् २००३ पछि त्यहाँ पुग्ने उनी पहिलो राष्ट्रपति बनेका थिए । यो मध्यपूर्वमा रहेको सबैभन्दा ठूलो अमेरिकी सैन्य अड्डा हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण