बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सिके राउतले भने– बिचौलियाका योजना राखियो, हाम्रो पार्टीका योजनाहरू हटाइयो

बुधबार, ११ असार २०८२, २२ : २२
बुधबार, ११ असार २०८२

सारांश

  • जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेस प्रदेश सरकारको बजेटमा बिचौलियाका योजनाहरू हावी भएको आरोप लगाए।
  • आफ्नै पार्टीको सरकार भए पनि दीर्घकालीन योजना हटाइएकोमा उनले असन्तुष्टि व्यक्त गरे, र ५-१० लाखका साना योजनामा बजेट केन्द्रित भएको गुनासो गरे।
  • राउतले संघीयताको महत्त्व दर्शाउँदै प्रदेश सरकारले जनताका आवश्यकताअनुसार योजना बनाउनुपर्नेमा जोड दिए।

जनकपुर । जनमत पार्टीका अध्यक्ष  डा.सीके राउतले मधेस प्रदेश सरकारको बजेटमा बिचौलियाका योजनाहरू बढी राखिएको आरोप लगाएका छन् । आफ्नै पार्टीले सिफारिस गरेका भिजनरी योजनाहरू हटाइएकोमा उनले आक्रोश समेत पोखेका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै उनले आफ्नै पार्टीको नेतृत्वमा सरकार रहेता पनि दीर्घकालीन र भिजनरी योजनाहरू हटाइएको भन्दै आपत्ति जनाएका छन्।

अध्यक्ष राउतले लेखेका छन्, ‘सङ्घीयताको उपलब्धि कर्णाली प्रदेश अस्पताल वा रङ्गशालाजस्ता ठुला पूर्वाधार हुन, तर मधेस प्रदेशमा दुर्भाग्यवश अहिले पनि ५–१० लाखका ताई–न–तुईका टुक्रे योजनाहरूले रेडबुक भरिएको छ।’

मधेस प्रदेशमा जनमत पार्टीकै नेतृत्वको सरकार र मुख्यमन्त्री हुँदाहुँदै पनि जनताको बिचबाट बुझेर ल्याइएका योजनाहरूलाई बजेटमा समावेश नगरिएको उनको दुखेसो छ ।

उनले भनेका छन्– ‘जनमत पार्टीले प्रदेशको समग्र विकासलाई लक्षित गर्दै दिएको ‘रोडम्याप’ अनुसारका योजनाहरू हटाइएका छन्, नाम मात्रका ५–१० लाखका योजनाका लागि बजेट छुट्टाइएको छ ।’, 

राउतले सङ्घीयताको औचित्यप्रति जोड दिँदै सङ्घीय प्रणाली नभएको भए ५–१० लाखका योजना लागि पनि सिंहदरबार धाउनुपर्ने अवस्था आउँथ्यो भनेका छन्।  सङ्घीयता पछि प्रदेश सरकारले आफ्नो आवश्यकता र प्राथमिकता अनुसार योजना बनाउने क्षमता राख्न थालेको उनले बताएका छन् ।

तर मधेसमा भने त्यस्तो प्रगतिशील सोचमा अवरोध आइरहेको र जनतामै आधारित योजनाहरूलाई पाखा लगाइएको अध्यक्ष राउतको आरोप छ। ‘जनमत पार्टीले संसदीय दल र पार्टीस्तरमै यस विषयमा आवश्यक छलफल गर्नेछ,’ उनले भनेका छन् । 

507080752_1397890211416158_4278267110628465562_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप