इरानको आणविक तनाव समाधानमा कूटनीतिक प्रयास गर्ने ईयूको प्रतिबद्धता
बिहीबार, १२ असार २०८२, २२ : ४१
सारांश
- ईयूले इरानसँग आणविक तनाव समाधानका लागि कूटनीतिक प्रयास गर्ने बताएको छ।
- ईयूले इरानी आणविक मुद्दाको स्थायी समाधान वार्ताबाट खोज्ने जनाएको छ।
- ईयूले युद्धविरामको स्वागत गर्दै संयम अपनाउन आग्रह गरेको छ।
काठमाडौँ । युरोपेली संघ (ईयू) ले इरानसँग सम्बन्धित आणविक तनाव समाधान गर्न ‘सबै कूटनीतिक प्रयास’ गर्ने जनाएको छ। एक आधिकारिक वक्तव्यमा ईयू नेताहरूले इरानी आणविक मुद्दाको ‘स्थायी समाधान’ खोज्न वार्तामार्फत अघि बढ्ने बताएको बीबीसीले जनाएको हो ।
‘तनाव घटाउन सबै कूटनीतिक प्रयास गरिनेछ, र इरानको आणविक विषयको दीर्घकालीन समाधान केवल संवादबाट सम्भव छ,’ संघद्वारा जारी वक्तव्यमा भनिएको छ ।
ईयूले युद्धविरामको स्वागत गर्दै सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ। साथै ‘इरानलाई कहिल्यै पनि आणविक हतियार प्राप्त गर्न दिनु हुँदैन’ भन्ने कुरामा युरोपेली संघ स्पष्ट छ, विज्ञप्तिमा भनिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण