बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
सिन्धुपाल्चोक घटना

सामूहिक बलात्कारपछि किशोरीको हत्यामा संलग्न ५ जना आरोपी सार्वजनिक

शुक्रबार, १३ असार २०८२, १५ : ०२
शुक्रबार, १३ असार २०८२

सारांश

  • सिन्धुपाल्चोकको भोटेकोसीमा १६ वर्षीया निशा तामाङको हत्या आरोपमा ५ जना पक्राउ परेका छन्।
  • प्रहरीका अनुसार, उनीहरुले किशोरीको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन्, घटना असार १० गते भएको हो।
  • प्रहरीले घटनाको अनुसन्धानका लागि आरोपीहरूलाई ७ दिनको म्याद थप गरेको छ।

काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–५ कोलगाउँमा १६ वर्षीया निशा तामाङको हत्यामा संलग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । निशा असार ११ मा घरबाट करिब ४ सय मिटर पर जङ्गलमा मृत भेटिएकी थिइन् ।

हत्यामा संलग्न आरोपमा पक्राउ पर्नेमा पक्राउ पर्नेमा भोटेकोसी गाउँपालिका–५ मार्मिङ घर भएका २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पा पासाङ तामाङ छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पत्रकार सम्मेलन गरेर आरोपीहरूलाई सार्वजनिक गरेको छ । आरोपीहरूले असार १० मा बलात्कारपछि किशोरीको हत्या गरेको अनुसन्धानबाट थाहा भएको सिन्धुपाल्चोकका एसपी रामेश्वर कार्कीले रातोपाटीलाई बताए । असार ११ मा उनको शव भेटिएको हो । उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टम गरिएको छ । आरोपीहरू विरुद्ध सिन्धुपाल्चोक जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान थालिएको एसपी कार्कीले जानकारी दिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप