प्रस्तावित सर्वोच्चका न्यायाधीशविरुद्धका उजुरीकर्तासँग समितिले गर्यो छलफल, सुनुवाइ आइतबार
सारांश
- संसदीय सुनुवाइ समितिले प्रस्तावित सर्वोच्च अदालतका तीन न्यायाधीशविरुद्ध परेका उजुरीकर्ताहरूसँग छलफल गर्यो।
- उजुरीकर्ताहरूले न्यायाधीशहरूमाथि किर्ते कागजात बनाएको र पदीय दुरुपयोग गरेको आरोप लगाए।
- समितिले आइतबार प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको संसदीय सुनुवाइ गर्ने निर्णय गरेको छ।
काठमाडौँ । संसदीय सुनुवाइ समितिले शुक्रवार प्रस्तावित सर्वोच्च अदालतका तीन न्यायाधीशविरुद्ध उजुरीकर्ताहरूसँग छलफल गरेको छ ।
शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाविरुद्ध उजुरी दिएका उजुरीकर्ताहरूसँग छलफल गरेको हो ।
बैठकमा उजुरीकर्ता मनोजकुमार क्षेत्रले प्रस्तावित न्यायाधीश पोखरेलले सार्वजनिक बाटो मास्न किर्ते कागजात तयार पारेको आरोप लगाए । उजुरीकर्ता श्रेष्ठले पोखरेलकै प्रभावमा उक्त कागजात किर्ते नरहेको जिल्ला अदालत काठमाडौँले ठहर गरेको दाबी समेत गरे । उनले उक्त विषयमा नेपाल कानुन व्यवसायी परिषद्मा उजुरी गरेकोमा क्षेत्राधिकार नरहेको भन्दै आफूलाई सम्बोधन गरेर पत्र लेखेको बताए ।
प्रस्तावित न्यायाधीश शान्तिसिंह थापाविरुद्ध उजुरीकर्ताले जिल्ला अदालत बाँकेका एक कर्मचारीले गलत आशय र आचरणले मुद्दा लगाई फसाउने उद्देश्य राखेकाले कारबाहीका लागि निवेदन गरेकोमा थापाले प्रक्रिया अघि नबढाएको आरोप उजुरीमा लगाए । उजुरीकर्ता आरती रावलले उच्च अदालत दिपायलको मुख्य न्यायाधीश रहँदा आफ्नो गुनासो सम्बोधन गर्नुको सट्टा सत्ता र शक्तिको दुरुपयोग गरी आफूलाई २५ दिन हिरासतमा राखेको आरोप लगाइन् ।
प्रस्तावित न्यायाधीश पोखरेल र श्रीकान्त पौडेलविरुद्ध दुई/दुई वटा उजुरी परेको थियो भने अर्का प्रस्तावित न्यायाधीश थापाविरुद्ध एउटा उजुरी परेको थियो ।
उजुरीकर्तासँगको छलफल सकिएसँगै समितिले अगामी आइतबार सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको संसदीय सुनुवाइ गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण