नेपाल टप इन्ड टी–ट्वान्टी सिरिजका लागि छनोट
सारांश
- नेपाली क्रिकेट टोली सन् २०२५ को टप इन्ड टी-ट्वान्टी सिरिजका लागि छनोट भएको छ।
- यो सिरिज अस्ट्रेलियाको डार्विनमा १४ देखि २४ अगस्ट २०२५ सम्म आयोजना हुनेछ ।
- नेपालले डीएक्ससी एरेना र टीआईओ स्टेडियम र काजालीज एरेनामा ६ वटा टी-ट्वान्टी खेल खेल्नेछ।
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली नर्दन टेरिटोरी क्रिकेट (एनटी क्रिकेट) सन् २०२५ को टप इन्ड टी–ट्वान्टी सिरिजका लागि छनोट भएको छ । नेपाल क्रिकेट संघ (क्यान)सो शुक्रबार यसबारे जानकारी गराएको हो ।
नेपाली राष्ट्रिय क्रिकेट टोली यो सिरिजका लागि छनोट भएको पहिलो अन्तर्राष्ट्रिय टोली हो । प्रतियोगिता प्रतियोगिता १४ देखि २४ अगस्ट २०२५ सम्म अस्ट्रेलियाको डार्विनमा आयोजना हुनेछ ।
विश्व टी–ट्वान्टी वरीयताको १८औं स्थानमा रहेको नेपाली टोली अगस्टको पहिलो सातातिर प्रतियोगिता खेल्न डार्विन पुग्नेछ । यो सिरिज नेपाललाई सन् २०२६ मा भारत तथा श्रीलंकामा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकपमा छनोटमा केही सहयोग पुग्नेछ ।
स्टुअर्ट ललाई मुख्य प्रशिक्षक को रूपमा नियुक्त गरेको छ । नेपाली टोलीले डीएक्ससी एरेना र टीआईओ स्टेडियम र काजालीज एरेनामा ६ वटा टी–ट्वान्टी खेल खेल्नेछ ।
आयोजकले अन्य टोलीको टुङ्गो छिटै लगाउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण