दुर्व्यवहारविरुद्ध अभियान
बस्नेतको प्रष्टीकरणः चरित्र हत्या गर्ने मनसाय थिएन
शनिबार, १४ असार २०८२, २३ : ३२
सारांश
- एमाले नेता महेश बस्नेतले गायिका समीक्षा अधिकारीप्रति लक्षित टिप्पणीबारे स्पष्टीकरण दिएका छन्।
- बस्नेतले सामाजिक सञ्जालमा लेखेको स्टाटस चरित्र हत्याको उद्देश्यले नलेखेको बताएका छन्।
- समीक्षा अधिकारीले प्रधानमन्त्री ओलीको समर्थन गरेपछि बस्नेतले टिप्पणी गरेको गुनासो गरेकी थिइन्।
काठमाडौँ । साइबर दुर्व्यवहारविरुद्ध अभियान चलाइरहेकी गायिका समीक्षा अधिकारीप्रति अप्रत्यक्ष टिप्पणी गरिएको भन्दै उत्पन्न विवादपछि एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेतले स्पष्टीकरण दिएका छन्। चरित्र हत्या गर्ने उद्देश्य आफूसँग नभएको दाबी गर्दै उनले सामाजिक सञ्जालमा लेखिएको आफ्नो स्ट्याटस संशोधन गरेका जनाएका छन्।
बस्नेतले शनिबार फेसबुकमा लेखेका छन्, ‘आजको मेरो स्ट्याटस आफूमाथि भएको निरन्तरको प्रहार र आक्रमणको बारेमा केही स्पष्ट पारेको मात्रै हो। कसैको चरित्र हत्या गर्ने वा बदनाम गर्ने उद्देश्य थिएन। समीक्षा बहिनीको टिप्पणीप्रति संवेदनशील हुँदै मैले स्ट्याटसमा केही संशोधन गरेको छु।’
यसअघि समीक्षा अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनप्रति आभार प्रकट गर्दै, बस्नेतले आफूलाई लक्षित गरी टिप्पणी गरेको गुनासो गरेकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मिथ चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण