युरोपेली सुरक्षामा आँच नपुर्याउन चीनलाई इयूको आग्रह
सारांश
- युरोपेली संघले चीनलाई युरोपको सुरक्षालाई कमजोर नबनाउन आग्रह गरेको छ।
- चीन र रूसबीचको सम्बन्ध र चिनियाँ कम्पनीहरूले रूसलाई गरेको सहयोगबारे चिन्ता व्यक्त गरिएको छ।
- इयूले चीनसँग व्यापारिक विवादहरू र मस्कोसँगको सम्बन्धलाई लिएर प्रतिबन्ध लगाएको छ।
ब्रसेल्स । युरोपेली सङ्घ (इयू) का विदेश मामिला प्रमुख काजा कल्लासले यसै महिनाको अन्त्यमा ब्रसेल्समा हुने नेताहरूको शिखर सम्मेलनअघि चीनका शीर्ष कूटनीतिज्ञबिच ब्रसेल्समा भएको वार्तालाई मध्यनजर गर्दै युरोपको सुरक्षालाई कमजोर नबनाउन बेइजिङसँग आग्रह गरेकी छन् ।
‘चीन हाम्रो विरोधी होइन, तर सुरक्षाको सवालमा हाम्रो सम्बन्ध तनावमा छ,’ चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटअघि कल्लासले भनिन् । उनले भनिन्, ‘युक्रेनविरुद्धको युद्धलाई निरन्तरता दिन चिनियाँ कम्पनीहरू मस्कोको लागि लाइफलाइन हुन् । बेइजिङले साइबर आक्रमण गर्छ, हाम्रो लोकतन्त्रमा हस्तक्षेप गर्छ र अनुचित व्यापार गर्छ । यी कार्यहरूले युरोपेली सुरक्षा र रोजगारीलाई हानि पुर्याउँछ ।’
चिनियाँ राष्ट्रपति सी चिनफिङ र युरोपेली सङ्घका शीर्ष अधिकारीबीच बेइजिङमा हुन लागेको शिखर वार्ताको तीन हप्ताअघि वाङ ब्रसेल्स जानेछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर युद्ध सुरु गरेर प्रमुख व्यापारिक शक्तिहरूलाई तर्साएका बेला ईयूले चीनसँग सम्बन्ध सुधारको ढोका खोलेको छ । तर सुधारको साटो ब्रसेल्स र बेइजिङबीच चीनको कथित अनुचित अभ्यासलाई लिएर व्यापार विवाद झनै चर्केको छ ।
२७ राष्ट्रहरूको समूहले अझै पनि चीनमार्फत रूसको सेनामा महत्वपूर्ण प्रविधिको प्रवाह भइरहेको भनी विरोध गरिरहेको छ । कल्लासले भनिन्, ‘युरोपसँग घनिष्ठ सम्बन्ध कायम गर्न खोज्दा युरोपमा युद्धलाई सहयोग गर्नु एउटा विरोधाभास हो जुन बेइजिङले सम्बोधन गर्नु पर्दछ ।’
अस्थिर विश्वमा बेइजिङले आफ्नो बढ्दो शक्तिलाई अन्तर्राष्ट्रिय कानुनको पालनाका लागि प्रयोग गर्नुपर्छ । बेइजिङलाई दबाब दिने प्रयासस्वरुप युरोपेली सङ्घ (इयू) ले मस्कोको युद्ध प्रयासमा सहयोग गरेको आरोप लागेका चिनियाँ कम्पनीसँगको व्यापारमा प्रतिबन्ध लगाएको छ । तर इयूका अधिकारीहरू बेइजिङलाई मस्कोसँगको महत्वपूर्ण रणनीतिक साझेदारीबाट हटाउन असफल भएको स्वीकार्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण