भारत-इंग्ल्यान्ड टेस्ट
शुभमन गिलको ऐतिहासिक दोहोरो शतक, भारत ५ सय ८७ रनमा अलआउट
बिहीबार, १९ असार २०८२, २३ : २६
सारांश
- भारत र इंग्ल्यान्ड बीचको दोस्रो टेस्टमा, शुभमन गिलले २६९ रनको ऐतिहासिक इनिङ खेल्दै कीर्तिमान बनाए।
- गिलले ३८७ बलमा ३० चौका र ३ छक्का प्रहार गर्दै टेस्ट क्रिकेटमा आफ्नो पहिलो दोहोरो शतक बनाए।
- गिल इङ्ल्यान्डको भूमिमा दोहोरो शतक बनाउने पहिलो भारतीय र एसियाली कप्तान बने।
काठमाडौँ । भारत र इंग्ल्यान्डबीच जारी दोस्रो टेस्टको पहिलो पारीमा भारतीय कप्तान शुभमन गिल ले २ सय ६९ रनको ऐतिहासिक इनिङ खेल्दै टेस्ट क्रिकेटमा आफ्नो पहिलो दोहोरो शतक पूरा गरेका छन्। गिलको विस्फोटक प्रदर्शनको मद्दतले भारतले पहिलो पारीमा १५१ ओभरमा ५८७ रन बनाउँदै अलआउट भएको छ।
गिलले ३सय ८७ बल खेलेर ३० चौका र ३ छक्का सहित २ सय ६९ रन बनाए। उनी जोश टंगको बलमा क्याच आउट भएका थिए।
यो इनिङसँगै शुभमनगिल इंग्ल्यान्डको माटोमा टेस्ट क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने पहिलो भारतीय र एसियाली कप्तान बनेका छन्। यसअघि उनले कप्तानको रूपमा आफ्नो डेब्यु टेस्टमै १४७ रन बनाएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण