नेविसंघको आग्रह–त्रिवि बजेटमा अनुसन्धानका लागि कम्तीमा १० प्रतिशत विनियोजन गरियोस्
सारांश
- नेविसंघले त्रिभुवन विश्वविद्यालयमा अनुसन्धानका लागि कम्तीमा १० प्रतिशत बजेट छुट्याउन माग गरेको छ।
- नेविसंघ त्रिवि समितिले विश्वविद्यालयको स्थापना दिवसमा शुभकामना दिँदै बजेटको माग गरेको हो।
- अहिले विश्वविद्यालयले कुल बजेटको २ प्रतिशत मात्र अनुसन्धानमा खर्च गर्ने गरेको छ।
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयमा अनुसन्धानका लागि कम्तीमा १० प्रतिशत बजेट विनियोजन गर्न माग गरेको छ। नेविसंघ त्रिवि समितिले त्रिभुवन विश्वविद्यालयको ६६ औँ स्थापना दिवसको अवसरमा शुभकामना दिदै अनुसन्धानका लागि बजेट विनियोजन गर्न माग गरेको हो।
त्रिवि समिति सभापति विष्णु बडैलाले आउँदो बजेटमा अनुसन्धानलाई प्राथमिकतामा राख्दै कम्तीमा १० प्रतिशत बजेट अनुसन्धानका लागि सुनिश्चित गरिनुपर्ने बताए ।
राष्ट्रिय बजेटको कम्तीमा २० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गरिनुपर्ने माग राख्दै आएका उनको भनाइ छ। देशकै सर्वोच्च शिक्षालय त्रिभुवन विश्वविद्यालयले आफ्नो कुल बजेटको केवल २ प्रतिशत मात्र अनुसन्धानमा छुट्याएको छ। यस्तो अवस्थामा गुणस्तरीय अनुसन्धानको अपेक्षा गर्नु कठिन हुने उनको भनाइ छ।
अनुसन्धान विना विश्वविद्यालयले नीति निर्माणमा टेवा दिन नसक्ने नेविसंघको ठहर छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण