बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
शिक्षा

प्रधानमन्त्रीले समय नदिँदा त्रिभुवन विश्वविद्यालयको सभा स्थगित

शनिबार, २१ असार २०८२, १९ : २१
शनिबार, २१ असार २०८२

सारांश

  • प्रधानमन्त्रीको व्यस्तताका कारण त्रिभुवन विश्वविद्यालयको आइतबारको सभा स्थगित भयो।
  • त्रिविले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने तयारी गरेको थियो, तर स्थगित भयो।
  • उपकुलपतिले राजीनामा दिएपछि रेक्टरलाई जिम्मेवारी दिइएको थियो र सभाको तयारी थियो।

काठमाडौँ । भोलि (आइतबार) का लागि तय भएको त्रिभुवन विश्वविद्यालयको सभा स्थगित भएको छ। प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको व्यस्तताका कारण सभा अन्तिम समयमा आएर स्थगित भएको हो।

प्रधानमन्त्री ओलीले यसअघि नै २२ गते सभाका लागि समय दिएका थिए। तर, अन्तिम समयमा आएर प्रधानमन्त्रीको व्यस्तताको कारण देखाउँदै सभा स्थगित गरिएको हो। त्रिविले २० गते नै सभाको तयारी गरेको थियो । तर, प्रधानमन्त्रीले नै २२ गतेका लागि समय दिएका थिए। उक्त समयमा समेत सभा स्थगित गरिएको हो।

भोलिको सभामा त्रिविको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो। उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिएपछि रेक्टर प्राडा खड्क केसीलाई उपकुलपतिको जिम्मेवारी दिइएको छ। 

सोही समयमा केसीले सभा गरेर आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गर्ने कार्यक्रम राखेका थिए। तर, प्रधानमन्त्रीले अन्तिम समयमा आएर सभा स्थगित गरेपछि अब नयाँ उपकुलपति आएपछि मात्रै त्रिवि सभा हुने देखिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप