फ्रान्सको जंगलमा लागेको डढेलो मार्सेलीसम्म पुग्यो, विमानस्थल र रेल सेवा बन्द
सारांश
- दक्षिणी फ्रान्सको जंगलमा लागेको डढेलो मार्सेली सहर नजिकै फैलियो।
- डढेलोका कारण मार्सेली विमानस्थल बन्द गरियो र रेल सेवाहरू पनि प्रभावित भए।
- सरकारले आगो नियन्त्रणका लागि ठूलो संख्यामा अग्नि नियन्त्रक र दमकल परिचालन गरेको छ।
काठमाडौँ । दक्षिणी फ्रान्सको जंगलमा लागेको भीषण डढेलो दिनप्रतिदिन घातक बन्दै गइरहेको छ । डढेलो फैलिँदै गएर यसको प्रभाव फ्रान्सको ठुलो सहर मार्सेली नजिक देखिन थालेको छ ।
डढेलोलाई ध्यानमा राखेर सरकारले मार्सेली विमानस्थल बन्द गरेको छ भने सबै उडानहरू रोकिएका छन् । मिडिया रिपोर्टका अनुसार यो डढेलो मार्सेली सहर नजिकै रहेको पिन–मिराबो नामक ठाउँबाट देखिन सुरु भएको थियो । छिटोछिटो आगो फैलिँदा रेल सेवाहरू पनि बन्द गर्नुपरेको छ भने धेरै प्रमुख सडकहरू पनि बन्द गरिएको छ ।
बढ्दो डढेलो नियन्त्रण गर्न सरकारले ७२० अग्नि नियन्त्रक र २२० भन्दा बढी दमकल र मेसिनहरू परिचालन गरेको छ । डढेलोले अहिलेसम्म करिब ७०० हेक्टर जंगल जलेको प्रशासनले बताएको छ ।
स्थिति बिस्तारै नियन्त्रणमा ल्याउने प्रयास भइरहेको पनि बताइएको छ । वन डढेलोको बढ्दो घटनाहरूलाई विज्ञहरूले जलवायु परिवर्तन, अत्यधिक गर्मी र सुख्खा मौसमको परिणाम मानेका छन् । तीव्र तातो हावा, सुख्खा मौसम र बढ्दो तापक्रम वनमा आगलागी फैलिनुको मुख्य कारण बन्दै गएको पनि भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण