रियल टाइम बक्स अफिसका लागि बोर्डले माग्यो हलसँग तथ्याङ्क
बुधबार, २५ असार २०८२, १४ : १३
सारांश
- चलचित्र विकास बोर्डले रियल टाइम बक्स अफिस व्यवस्थापन प्रणाली सञ्चालनमा ल्यायो, तर तथ्याङ्क नआएकोले काम हुन सकेको छैन।
- बोर्डका अध्यक्ष दिनेश डिरीले देशभरका हलहरूलाई बक्स अफिस तथ्याङ्क पेस गर्न निर्देशन दिएका छन्।
- तथ्याङ्क नबुझाए कानुनअनुसार कारबाही गर्ने चेतावनी दिँदै बोर्डले १६६ हललाई पत्र लेखेको छ।
काठमाडौँ । चलचित्र विकास बोर्डले गत १६ असारमा रियल टाइम बक्स अफिस व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको थियो । प्रणाली सञ्चालनमा ल्याइए पनि देशभरका हलले तथ्याङ्क पेस नगरेका कारण शो प्रणालीले अझै काम गर्न सकेको छ ।
त्यसैले बोर्डका अध्यक्ष दिनेश डिरीले देशभरका प्रदर्शकलाई पत्र लेख्दै अनिवार्य रुपमा बक्स अफिस तथ्याङ्क पेस गर्न निर्देशन दिएका छन् ।
देशभरका १६६ हललाई पत्र लेख्दै बोर्डले तथ्याङ्क उपलब्ध नगराउने हललाई कानुनको उल्लङ्घन मान्दै चलचित्र नियमन र सम्बन्धित ऐनअनुसार कारबाही गर्ने चेतावनी सहित पत्र लेखेका हुन् । बोर्डले प्रदर्शकको छाता संस्था चलचित्र सङ्घलाई समेत पत्र लेखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण