फिफा क्लब विश्वकप
रियललाई हराउँदै पीएसजी फाइनलमा
बिहीबार, २६ असार २०८२, ०२ : ५३
सारांश
- पेरिस सेन्ट जर्मेन (पीएसजी) फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
- सेमिफाइनलमा रियल मड्रिडलाई ४-० गोलले हराउँदै पीएसजीले जित हासिल गर्यो।
- पीएसजीका लागि फावियन रुविज, ओसमान डेम्बेले र गोन्कालो रामोसले गोल गरे।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको सेमिफाइनल खेलमा स्पेनिस ला लिगा क्लब रियल मड्रिडलाई ४–० गोलअन्तरले हराउँदै पीएसजी उपाधि नजिक पुगेको हो ।
अमेरिकाको मेट लाइफ स्टेडियममा भएको खेलमा पीएसजीलाई जित दिलाउन फावियन रुविज, ओसमान डेम्बेले र गोन्कालो रामोसले एक–एक गोल गरे ।
पीएसजीलाई खेलको छैटौँ मिनेटमा फावियन रुविजले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको नवौँ मिनेटमा ओसमान डेम्बेलेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे ।
खेलको २४औँ मिनेटमा फावियनले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई पहिलो हाफमा ३–० गोलको अग्रता दिलाए । खेलको ८७औँ मिनेटमा रामोसले गोल गर्दै टिमलाई फाइनल पुगाउन महत्त्वपूर्ण भूमिका खेले । पीएसजीले अब उपाधिका लागि चेल्सीसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण