कार्लो एन्चेलोट्टीलाई कर छलीको आरोपमा जेल सजाय
सारांश
- स्पेनको अदालतले कर छलीको आरोपमा ब्राजिलका फुटबल प्रशिक्षक कार्लो एन्चेलोट्टीलाई एक वर्षको निलम्बित जेल सजाय सुनाएको छ।
- एन्चेलोट्टीलाई सन् २०१४ मा रियल म्याड्रिडको प्रशिक्षक हुँदा कर छली गरेको आरोप लागेको थियो र ३ लाख ८६ हजार युरो जरिवाना तोकिएको छ।
- यो सजाय दुई वर्षभन्दा कम भएकाले र उनको कुनै आपराधिक रेकर्ड नभएका कारण एन्चेलोट्टीले जेल बस्नुपर्ने छैन।
म्याड्रिड । स्पेनको एक अदालतले ब्राजिलका फुटबल प्रशिक्षक कार्लो एन्चेलोट्टीलाई कर छलीको आरोपमा एक वर्षको निलम्बित जेल सजाय सुनाएको छ। यो घटना सन् २०१४ को हो, जतिबेला उनी रियल म्याड्रिडको प्रशिक्षक थिए।
म्याड्रिडको अदालतले बुधबारको सुनुवाइमा एन्चेलोट्टीलाई ३ लाख ८६ हजार युरो जरिवाना पनि तोकेको छ। स्पेनका सरकारी वकिलहरूले एन्चेलोट्टीलाई सन् २०१४ र २०१५ मा राज्यलाई १ मिलियन युरो ठगी गरेको आरोप लगाएका थिए। सरकारी वकिलहरूले कर छलीका दुईवटा आरोपमा एन्चेलोट्टीका लागि चार वर्ष नौ महिनासम्मको जेल सजायको माग गरेका थिए।
तर, चेल्सी, बायर्न म्युनिख र पेरिस सेन्ट-जर्मेनका पूर्व प्रशिक्षक एन्चेलोट्टी, जो अहिले स्पेनमा बस्दैनन्, ले जेल भने बस्नुपर्ने छैन। किनभने यो सजाय दुई वर्षभन्दा कम छ र उनको कुनै आपराधिक रेकर्ड छैन। स्पेनमा, पहिलो पटकको अपराधका लागि दुई वर्षभन्दा कमको सजायलाई निलम्बन गर्ने अधिकार न्यायाधीशलाई हुन्छ।
मार्च २०२४ मा, सरकारी वकिलहरूले एन्चेलोट्टीमाथि आफ्नो वास्तविक आम्दानी लुकाउन सेल कम्पनीहरू प्रयोग गरेको आरोप लगाएका थिए।
ब्राजिलको फुटबल महासंघ (सीबीएफ) ले एक विज्ञप्तिमा आफूहरूले मुद्दालाई नजिकबाट नियालिरहेको बताएको छ।
इटालियन प्रशिक्षक एन्चेलोट्टी, स्पेनिस अधिकारीहरूले बक्यौता करको लागि कारबाही गरिएका प्रमुख फुटबल व्यक्तित्वहरूको सूचीमा पछिल्लो नाम हुन्, यद्यपि अहिलेसम्म कसैलाई पनि जेल भने पठाइएको छैन। त्यो सूचीमा स्टार खेलाडीहरू लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोका साथै म्याड्रिडका अर्का पूर्व प्रशिक्षक जोसे मोरिन्हो पनि सामेल छन्।
गत महिना ६६ वर्ष पुगेका एन्चेलोट्टी फुटबलका सबैभन्दा सफल प्रशिक्षकहरूमध्ये एक हुन्। उनी च्याम्पियन्स लिग पाँच पटक (म्याड्रिडसँग तीन पटक र एसी मिलानसँग दुई पटक) जित्ने एक मात्र प्रशिक्षक हुन् । साथै इंग्ल्याण्ड, स्पेन, इटाली, जर्मनी र फ्रान्समा घरेलु लिग उपाधि जित्ने पनि एक मात्र प्रशिक्षक हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण