के-पप स्टारलाई बलात्कार आरोपमा साढे तीन वर्ष जेल सजाय
सारांश
- दक्षिण कोरियाली गायक टेइललाई बलात्कारको आरोपमा ३ वर्ष ६ महिनाको जेल सजाय सुनाइएको छ।
- टेइल र उनका दुई सहयोगीले एक चिनियाँ पर्यटकलाई बलात्कार गरेको स्वीकार गरेका थिए।
- अदालतले उनीहरूलाई यौन हिंसाको उपचार कार्यक्रम पूरा गर्न आदेश दिएको छ।
सियोल । के-पप ब्यान्ड एनसीटीका पूर्व सदस्य रहेका दक्षिण कोरियाली गायक टेइललाई बलात्कारको आरोपमा तीन वर्ष छ महिनाको जेल सजाय सुनाइएको छ।
३१ वर्षीय टेइल र उनका दुई सहयोगी, जसलाई दक्षिण कोरियाली रिपोर्टहरूमा मात्र ली र हङ भनिएको छ, ले जुनमा एक चिनियाँ पर्यटकलाई पालैपालो बलात्कार गरेको स्वीकार गरेका थिए।
सियोलका एक जिल्ला न्यायाधीशले यो अपराधलाई ‘अत्यन्त गम्भीर’ भनेर वर्णन गरे । तर उनीहरू पहिलो पटकका अपराधी भएकाले सरकारी वकिलले माग गरेको सात वर्षको सजायको आधा मात्र सुनाइएको हो।
अदालतले तीनै जनालाई यौन हिंसाका अपराधीहरूका लागि तयार गरिएको ४० घण्टाको उपचार कार्यक्रम पूरा गर्न पनि आदेश दिएको छ।
अदालतमा सुनुवाइका क्रममा उनीहरूले पीडितलाई सियोलको इटेवन जिल्लाको एउटा बारमा भेटेको सुनाएका थिए। अदालतले उनीहरूसँग रक्सी पिएपछि पीडित ‘धेरै मातेको’ र त्यसपछि उनीहरू ट्याक्सीमा लीको घर गए जहाँ बलात्कार भएको थियो।

टेइलको वास्तविक नाम मुन टे-इल हो । पहिलो पटक आरोपहरू सार्वजनिक भएपछि उनी गत वर्ष अगस्टमा एनसीटीबाट बाहिरिएका थिए ।
जनवरी २०१६ मा के-पप ब्यान्डको रूपमा प्रस्तुत गरिएको एनसीटी विभिन्न विधाहरू समेट्ने यसको प्रयोगात्मक संगीतका लागि परिचित छ । केही गीतहरू बिलबोर्ड सूचीमा आएपछि यसले अन्तर्राष्ट्रिय चर्चा पनि प्राप्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण