अमेरिका र इजरायलद्वारा सञ्चालित सहायता वितरण केन्द्रमा कम्तीमा २० जनाको मृत्यु
सारांश
- गाजाको सहायता वितरण केन्द्रमा भागदौड हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ।
- घटना खान युनिसमा भएको थियो, जहाँ खाद्यान्न लिन ठूलो संख्यामा स्थानीय बासिन्दा जम्मा भएका थिए।
- घटनाको दोष कसले लिने भन्ने विषयमा हमास र जीएचएफबीच आरोप प्रत्यारोप चलिरहेको छ।
गाजा । अमेरिका र इजरायलको समर्थनमा सञ्चालित गाजा ह्युमानिटेरियन फाउन्डेसन (जीएचएफ) द्वारा सञ्चालनमा रहेको सहायता वितरण केन्द्रमा भागदौड हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ। यो घटना खान युनिसमा भएको हो, जहाँ ठुलो संख्यामा स्थानीय बासिन्दा खाद्यान्न लिन जम्मा भएका थिए।
जीएचएफका अनुसार १९ जना भागदौडमा किचिएर र १ जना छुरा प्रहारबाट मारिएका छन्। संस्थाले यो ‘अत्यधिक अराजक र खतरनाक परिस्थितिमा भएको घटना’ भएको उल्लेख गर्दै ‘हामाससँग आबद्ध सशस्त्र व्यक्तिहरूले स्थिति बिगारेको’ आरोप लगाएको छ।
तर, गाजाको हमासद्वारा सञ्चालित सरकारी सञ्चार कार्यालयले जीएचएफको दाबी अस्वीकार गर्दै ‘घटनालाई लुकाउन गरिएको असफल प्रयास’ भनेर आरोप लगाएको छ।
यता, खान युनिसको नासिर अस्पतालले भने २१ जनाको शव प्राप्त भएको बताएको छ। अस्पतालका अनुसार ती सबैको मृत्यु अश्रुग्यासका कारण श्वास फेर्न नसेकर र भीडमा च्यापिएर भएको हो।
जीएचएफले आफ्ना सहायता केन्द्रमा मृत्यु भएको यो पहिलो पटक पुष्टि गरेको हो।
हमासको सञ्चार कार्यालयले सहायता वितरणमा संलग्न अमेरिकी निजी सुरक्षाकर्मीहरूले ठुलो भिड भइसकेपछि केन्द्रको ढोका बन्द गरी साँघुरो गल्लीहरूमा जम्मा भएका मानिसहरूलाई अश्रुग्याँस र गोली प्रहार गरेको आरोप लगाएको छ। घटनामा उनीहरूको प्रत्यक्ष भूमिका रहेको कार्यालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण