अरुण तेस्रो आयोजनाबाट सङ्खुवासभावासीलाई लाभ पुग्छ: ऊर्जामन्त्री
सारांश
- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण तेस्रो जलविद्युत् आयोजना सङ्खुवासभामा छिट्टै सञ्चालनमा आउने बताए।
- मन्त्री खड्काले सङ्खुवासभामा निर्माणाधीन आयोजनाबाट जिल्ला र देशलाई लाभ पुग्ने कुरा व्यक्त गरे।
- उनले सडक विस्तार, स्वास्थ्य, खानेपानी र सिँचाइ योजनाबारे पनि जानकारी दिए।
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण तेस्रो जलविद्युत् आयोजना छिट्टै सञ्चालनमा आउने भएकाले सङ्खुवासभावासीलाई लाभ पुग्ने बताएका छन् ।
गृह जिल्ला सङ्खुवासभा पुगेका मन्त्री खड्काले शुक्रबार सर्वदलीय बैठक तथा स्थानीय तहका जनप्रतिनिधिसँगको छलफलमा ऊर्जा क्षेत्रमा सङ्खुवासभा जिल्लाभित्र निर्माणाधीन अरुण तेस्रो आयोजना छिट्टै सञ्चालनमा आउने र त्यसबाट जिल्लासहित सम्पूर्ण देशलाई लाभ पुग्ने बताए ।
उनले पाँच हजारभन्दा बढी मेगावाट बराबरको ऊर्जा उत्पादन सङ्खुवासभामा हुने भएकाले यसबाट समेत सङ्खुवासभावासीले लाभ लिने उल्लेख गरे । मन्त्री खड्काले जिल्लाको पूर्वाधार, ऊर्जा, स्वास्थ्य, सडक, सिँचाइ र सरसफाइलगायत विविध विषयमा केन्द्रित रहेर आगामी योजनाहरू स्पष्ट रूपमा प्रस्तुत गरे ।
कार्यक्रममा मन्त्री खड्काले जिल्लावासीको शिर उच्च हुने गरी काम गरेको बताए । “सङ्खुवासभावासीको शिर उच्च हुने गरी काम गरेको छु, कुनै गलत वा कानुन विपरीत कार्य गर्दिनँ, सबै काम पारदर्शी र विधिसम्मत रूपमा अघि बढाउँछु”, मन्त्री खड्काले भने ।
मन्त्री खड्काले सडक विस्तारअन्तर्गत चतरा–लेगुवा सडक सुधार, अस्पतालमा बजेट विनियोजन, खानेपानी र सिँचाइका योजनामा कार्य अघि बढिरहेको जानकारी दिए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का जिल्ला अध्यक्ष खड्ग राई, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक भक्तनारायण श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष दिव्यराज बराल, कांग्रेस कार्यवाहक सभापति अनन्त गौली, खादबारी नगरपालिकाका प्रमुख महेश थपलियालगायत विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ताको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण