बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मुम्बई लोकल रेल विस्फोट मामिलाका आरोपी सबैले पाए सफाइ

सोमबार, ०५ साउन २०८२, ११ : १७
सोमबार, ०५ साउन २०८२

सारांश

  • सन् २००६ मुम्बई रेल विस्फोट मामिलाका सबै आरोपीलाई बॉम्बे उच्च अदालतले सफाइ दिएको छ।
  • अदालतले प्रमाणको अभाव रहेको भन्दै १२ जनालाई निर्दोष घोषणा गरेको छ, जसका कारण उनीहरू रिहा हुनेछन्।
  • विस्फोटमा १८० भन्दा बढी मानिसको मृत्यु भएको थियो र अदालतले २०१५ को फैसलालाई उल्ट्याएको छ।

नयाँ दिल्ली ।  सन् २००६ मा मुम्बईको एउटा लोकल रेल विस्फोट मामिलामा आरोपी सबैले पाए सफाइ पाएका छन् । बॉम्बे उच्च अदालतले आरोपी १२ जनालाई निर्दोष घोषित गर्दै रिहा गरेको छ । प्रमाणको अभाव भन्दै अदालतले सबैलाई सफाइ दिएको हो । 

यिनीहरू विरुद्धको मुद्दा प्रमाणित गर्न अभियोजन पक्ष पूर्ण रूपमा असफल भएको अदालतले भनेको छ । यो निर्णय मुम्बईको पश्चिमी रेलवे नेटवर्कलाई हल्लाउने आतङ्कवादी आक्रमणको १९ वर्ष पछि आएको हो । आक्रमणमा १८० भन्दा बढी मानिसहरूले ज्यान गुमाएका थिए भने अरू धेरै घाइते भएका थिए । 

‘अभियुक्तहरूले अपराध गरेको विश्वास गर्न गाह्रो छ’ 

न्यायाधीश अनिल किलोर र न्यायाधीश श्याम चन्दकको विशेष इजलासले अभियोजन पक्षले प्रस्तुत गरेको प्रमाण अभियुक्तलाई दोषी ठहराउन पर्याप्त नभएको जनाएकाे छ । ‘अभियोजन पक्ष अभियुक्त विरुद्धको मुद्दा प्रमाणित गर्न पूर्ण रूपमा असफल भएको छ । अभियुक्तहरूले अपराध गरेको विश्वास गर्न गाह्रो छ । त्यसैले उनीहरूको सजाय रद्द गरिएको छ’ अदालतले भनेको छ । 

पाँच जना दोषीलाई मृत्युदण्ड र बाँकी सात जनालाई आजीवन कारावासको सजाय कायम राख्न अस्वीकार गर्दै बॉम्बे उच्च अदालतले उनीहरूलाई सफाइ दिएको हो । अभियुक्तहरूविरुद्ध अन्य कुनै मुद्दामा चलाइएको छैन भने उनीहरूलाई तुरुन्तै जेलबाट रिहा गरिने फैसला अदालतले सुनाएको छ । 

सन् २०१५ मा विशेष अदालतले यस मुद्दामा १२ जनालाई दोषी ठहर गरेको थियो । दोषी ठहर भएकामध्ये पाँच जनालाई मृत्युदण्ड र बाँकी सात जनालाई आजीवन कारावासको सजाय सुनाइएको थियो ।

सोमबार उच्च अदालतको फैसलापछि, राज्यभरका विभिन्न जेलहरूबाट भिडियो कन्फरेन्सिङ मार्फत अदालतमा उपस्थित भएका दोषीहरूले आफ्ना वकिलहरूलाई धन्यवाद दिएका थिए । २००६ को जुलाई ११ मा मुम्बई लोकल ट्रेनको पश्चिमी लाइनका विभिन्न स्थानमा सात विस्फोट भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप