शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: ६ बुँदे मापदण्डले ‘सेटिङ’मा सहज, निर्णायक खेलमा चुक्यो नेपाल

मङ्गलबार, ०६ साउन २०८२, ०० : ००
मङ्गलबार, ०६ साउन २०८२

आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

१. निर्णायक खेलमा चुक्यो नेपाल

साफ यू–२० महिला च्याम्पियनसिपमा बंगलादेशविरुद्धको निर्णायक खेलमा नेपाल पराजित भएको छ । ढाकास्थित बसुन्धरा स्पोर्टस् ग्राउन्डमा भए खेलमा नेपाल ४–० गोलले पराजित भएको हो ।
नेपाल प्रतियोगितामा बंगलादेशसँग लगातार दोस्रोपटक पराजित बन्यो । यसअघि नेपाल आफ्नो दोस्रो खेलमा बंगलादेशसँग प्रतिस्पर्धात्मक खेलमा २–३ गोलले स्तब्ध बन्न पुगेको थियो । 

२. ६ बुँदे मापदण्डले ‘सेटिङ’मा सहज

भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जाँदा ६ प्रकारका कागजात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा बुझाउनुपर्छ । त्यस्ता कागजातहरू जुटाउन पर्यटक भिसामा आफन्त भेट्न अथवा घुम्नकै लागि जानेहरूका लागि धौधौ पर्छ । तर, बिचौलियाहरूले त्यस्ता कागजात सहज रूपमा तयार गर्न सक्छन् ।

३. एमाले केन्द्रीय कमिटी बैठक

नेकपा एमालेको नवौँ केन्द्रीय कमिटीको पहिलो दिनको बैठक सकिएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकमा ४९ जनाले आफ्नो धारणा राखेका छन् ।

४. हर्क सम्पाङको लोकप्रियता

गत शनिबार बिहान ९ बजेतिर धरानको पटनाली खोला हुँदै कोकाहा खोलाबाट ल्याएको खानेपानीको पाइपलाई भूमिगत गर्न श्रमदाताको लस्कर लम्किँदै थियो । ह्याण्ड माइक बोकेर काजी डाँडो उक्लिँदै गएका धरान उपमहानगर प्रमुख हर्क साम्पाङले भने, ‘ए है...ए है... धराने ।’

५. अपराध

मधेश प्रदेशका पुर्वप्रमुख राजेश झा (अहिराज) अहिले भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । रौतहट घर भएका अहिराजविरुद्ध बलात्कार गरेको आरोप छ । आफूलाई बलात्कार गरेको भन्दै २३ वर्षीया युवतीले उनीविरुद्ध काठमाडौं प्रहरीमा जाहेरी दिएकी थिइन् ।

यो पनि

६. वन व्यवस्थापन

उपभोक्ताहरूले साझेदारी वनमा काठ कुहिएर खेर गइरहेको तर आफूहरूले वर्षैँदिनसम्म काठका लागि कुर्नुपर्ने अवस्था रहेको गुनासो गरेका छन् । ‘काठ कुहिन दिनुभएन । बरु गरिब, विपन्नहरूलाई थोरै शुल्क लिएर समयमै काठ दिनुपर्‍यो भन्ने हाम्रो माग हो,’ उनले भने, ‘उपभोक्ताले काठ–दाउरा नपाउने तर जङ्गलमा गोलाइ कुहिएको देख्दा धेरै नराम्रो लाग्यो ।’

७. चक्रपथ दोस्रो खण्ड

सम्झौता भएको सात वर्षपछि चीन सरकारको अनुदान सहयोगमा बन्न लागेको चक्रपथ विस्तारको दोस्रो खण्ड कलंकी–बसुन्धाराको सर्भे र डिजाइनको काम अन्तिम चरणमा पुगेको छ । करिब पाँच महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुने आयोजनाले जनाएको छ ।

८. जिसस

जिल्ला समन्वय समिति (जिसस) स्थानीय तहहरूबिच समन्वय, सहजीकरण र अनुगमन गर्ने संवैधानिक निकाय हो । तर लुम्बिनी प्रदेशका अधिकांश जिल्ला समन्वय समितिहरू यतिवेला आफ्नो भूमिका र अधिकार खोजिरहेका छन् । जसका कारण उसको औचित्यमाथि नै प्रश्न उठ्न थालेको पनि छ ।

९. खराब कर्जा

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई बाध्यकारी रूपमा प्रवाह गर्न लगाएको कर्जा नउठ्ने क्रम बढ्दै गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकको क्षेत्रगत निष्क्रिय कर्जासम्बन्धी विवरणले यस्तो अवस्था देखाएको हो ।

१०. कुलिङ अफ पिरियड

बहुचर्चित संघीय निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ नराख्न नेकपा एमालेले अझै जोडबल गरिरहेको पाइएको छ । एमालेका पाँच सांसदले ‘कुलिङ अफ पिरियड’को व्यवस्था हटाउन राष्ट्रिय सभामा हालेको संशोधन प्रस्तावबाटै यसको पुष्टि भएको छ ।

११. नेपाली फिल्म: जेठमा ओइरो, असारमा खडेरी

नेपाली फिल्म निर्माणमा असन्तुलन देखिएको छ । चलचित्र विकास बोर्डको गत तीन महिनाको तथ्यांकले फिल्म निर्माण अस्थिर देखाएको हो । 

गत असारमा १९ वटा नयाँ नेपाली फिल्म दर्ता भएका छन्, जुन जेठको तुलनामा लगभग आधा हो । जेठमा ३६ वटा फिल्म दर्ता भएर नयाँ रेकर्ड बनेको थियो । वैशाखमा भने फिल्मको संख्या १८ मा सीमित थियो ।

१२. साउनको पहिलो सोमबार

श्रावण महिना शिवभक्तहरूको विशेष महिना मानिन्छ । श्रावण महिनाको विधिपूर्वक सोमबार व्रत गर्नुपर्दछ । समर्थ व्यक्तिले उपवास गर्नुपर्दछ । अथवा नक्तभोजन गर्नुपर्दछ । विशेष गरेर प्रदोष आदि गुणले सम्पन्न श्रावणको सोमबारका दिन शिव पूजाको ठुलो महत्त्व छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप