शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

विद्यादेवी भण्डारी राजनीतिमा आउन नमिल्ने एमालेको निष्कर्ष, मधेसमा इतिहासकै डरलाग्दो सङ्कट

बुधबार, ०७ साउन २०८२, ०० : ००
बुधबार, ०७ साउन २०८२

आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

१. मधेसमा इतिहासकै डरलाग्दो संकट

तराई मधेसका जिल्लाहरू यतिबेला सुक्खाग्रस्त क्षेत्र घोषित भएका छन् । रोपाइँ गर्ने समयमा पानी नपर्दा रोपाइँ नै हुन नसकेको तथा रोपाइँ भएका स्थानमा समेत सिँचाइ अभावमा धाँजा फाटेको अवस्थाबिच मधेस प्रदेश सरकारले असार २६ गते प्रदेशलाई नै सुक्खा क्षेत्र घोषणा गरेको थियो ।

२. एमाले बैठक

नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउन नमिल्ने निष्कर्ष निकालेको छ । नवाैँ केन्द्रीय कमिटी बैठकले यस्तो निष्कर्षसहित निर्णय गरेको एमाले प्रचार विभाग राजेन्द्र गौतमले बैठकपछि जानकारी दिए ।

३. पाँच भाइको देउवा भेट

मंगलबार बिहान साढे १० बजे कांग्रेसका ५ जना नेता सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगे । पूर्वउपसभापतिद्वय गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महतले देउवासँग दुई घण्टा छलफल गरे १० विषयमा ।

४. बेलिब्रिज निर्माण

नेपाल–चीन जोड्ने रसुवागढीको मितेरी पुल बाढीले बगाएपछि यतिबेला रसुवागढी नाकाबाट हुने आपूर्ति ठप्प छ । दसैँअघि नै यातायात सुचारु गर्ने लक्ष्यसहित अस्थायी बेलिब्रिज निर्माण थालेको चिनियाँ राजदूतावासले जनाएको छ । 

५. प्रधानमन्त्रीको भारत भ्रमण

प्रधानमन्त्री केपी शर्मा ओली दुईदिने भारत भ्रमणमा जाने सुनिश्चित भएको छ ।  प्रधानमन्त्री ओलीले आगामी भदौ ३१ गतेदेखि असोज १ गतेसम्म दुईदिने भारत भ्रमण गर्ने भएका हुन् । भारतीय समकक्षी नरेन्द्र मोदीबाट प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो आएसँगै प्रधानमन्त्री ओलीको भारत भ्रमणको परराष्ट्र मन्त्रालयले तयारी गरेको छ । 

६. वामपन्थी ध्रुवीकरण

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृतिको अवसरमा प्रमुख तीन कम्युनिस्ट पार्टीका दोस्रो तहका नेताले वामपन्थी ध्रुवीकरण र एकताको सङ्कल्प गरेका छन् । 

७. ‘तुइनमुक्त कर्णाली’ अभियान

२०७२ सालमा तत्कालीन प्रधानमन्त्री (हाल पनि) केपी शर्मा ओलीले दुई वर्षभित्र देशलाई तुइनमुक्त बनाउने महत्वाकांक्षी घोषणा गरेका थिए । तर त्यसयता १० वर्ष बितिसक्यो, आज पनि कर्णालीका नागरिकहरु ज्यानको बाजी लगाएर तुइनको जोखिमपूर्ण यात्रा गर्न बाध्य भइरहेकै छन् । 

८. स्वास्थ्यमन्त्रीको एक वर्ष

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आफ्नो एक बर्से प्रगति विवरण सार्वजनिक गरेका छन् । सोमबार मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी पौडेलले सङ्घीय अस्पतालको सेवा सुधार विस्तारदेखि नीतिगत निर्णय गर्नुका साथै स्वास्थ्य बिमा सुधारले नतिजास्वरूप परिवर्तन देखिन थालेको दाबी गरे । 

९. सहरी विकास मन्त्रालयको एक वर्ष

मंगलबार सहरी विकास मन्त्रालयमा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रम थियो । दिउँसो १ बजे तय गरेको कार्यक्रममा न त मन्त्री उपस्थित थिए न त सचिव ।

१०. वनमन्त्रीको एक वर्ष

वनमन्त्री ऐनबहादुर शाहीले आफ्नो एक बर्से कार्यकाल पूरा गरेको उपलब्धिहरू सार्वजनिक गरेका छन् । एक वर्षमा उनले सबैभन्दा ठुलो उपलब्धि रूख कटानलाई दाबी गरेका छन् ।

११. वारपार

आफैँ पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका वेला नियुक्त भएका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध प्रेम आलेले फेसबुकमा लेखे– सबैभन्दा भ्रष्ट र गैरजिम्मेवार पात्र ।

पूर्वमन्त्री आलेको उक्त टिप्पणीमा अधिकारीले जबाफ दिए– आफैँले हस्ताक्षर गरेको कुरामा यति सारो नबोलेको भए हुन्थ्यो ।

यसैगरी संसद र संसदीय समितिमा सांसदहरूले महानिर्देशक अधिकारीको राजीनामा नै मागे । अधिकारीले सांसदहरूलाई लक्षित गर्दै सामाजिक सञ्जालमा लेखे, ‘तिमीहरूले सांसदमा जितेको भन्दा नि लाज लाग्छ ।’

१२. अपराध

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप