बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ज्येष्ठता र कार्यक्षमतालाई प्राथमिक दिँदै सशस्त्र प्रहरीमा ७७ जना अधिकृतको बढुवा सिफारिस

मङ्गलबार, २० साउन २०८२, ०७ : ११
मङ्गलबार, २० साउन २०८२

सारांश

  • सशस्त्र प्रहरी बल नेपालमा ७७ पदमा बढुवा सिफारिस गरिएको छ, जसमा ज्येष्ठता, कार्यसम्पादन र व्यावसायिक क्षमतालाई आधार मानिएको छ।
  • बढुवा सिफारिसमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, उपरीक्षक, प्राविधिक उपरीक्षक र नायव उपरीक्षक पदहरू समावेश छन्।
  • सशस्त्रका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले यसले संगठनको वृत्तिविकास र सुरक्षा फौजको मनोबल बढाउने बताए।

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेको ७७ पदमा ज्येष्ठता, कार्यसम्पादन मुल्यांकन र व्यावसायिक क्षमतालाईसमेत आधारमानी बढुवा सिफारिस गरिएको छ । 

रिक्त पदमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा ६ जना, सशस्त्र प्रहरी उपरीक्षकमा २२ जना, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षकमा १ जना र सशस्त्र प्रहरी नायव उपरीक्षकमा ४८ जनालाई सोमबार बढुवा  सिफारिस गरिएको हो । 

ज्येष्ठता तथा व्यावसायिक क्षमता तथा कार्यसम्पादन मूल्याङ्कन  लगायतलाई प्राथमिकतामा राखी खाली रहेको रिक्त पदमा बढुवा गरिएको र  यसले सङ्गठनको बृत्तिविकास र सुरक्षा फौजको मनोबलमा हौसला वृद्धि हुने विश्वास सशस्त्रका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले व्यक्त गरे । 

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा  बढुवा सिफारिसमा  दोस्रो ब्याचको पहिलो चरणमा सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा भएकाहरू रहेका छन् भने उपरीक्षकमा बढुवा सिफारिस भएकाहरू  तेस्रो ब्याच , सोही ब्याचका वैकल्पिक समूहमा परेका तथा चौथो ब्याच बाट ज्येष्ठता , व्यावसायिक क्षमता  तथा कार्य सम्पादन मूल्याङ्कनलाई समेत आधार मानेर गरिएको छ । यस्तै सशस्त्र प्रहरी नायब उपरीक्षकमा  बढुवा सिफारिस भएका अधिकृतहरू ९ औँ ब्याचका रहेका छन् । 

मुख्यालयले बढुवा हुनको लागि असार ३२ गते सूचना जारी गर्दै सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी नायव उपरीक्षकमा १५ दिनभित्र बढुवा फारम भरी बढुवा समितिको सचिवालयमा पेस गर्न भनिएको थियो ।

बढुवा मूल्याङ्कन फारामको लागि योग्य उम्मेदवारले आफूले प्राप्त गरेको शैक्षिक योग्यता र बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रहरूको प्रतिलिपिहरू संलग्न गरी बढुवा समितिको सचिवालयमा पेस गर्न समेत भनिएको थियो ।

123456

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप