एसएसपीमा बढुवा सिफारिसविरुद्ध बस्नेतले दिएको उजुरी खारेज
सारांश
- एसपी विमल बस्नेतको एसएसपीमा बढुवा सिफारिसविरुद्धको उजुरी खारेज गरियो।
- बढुवा समितिले ११ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको थियो।
- बस्नेतले आफूलाई अन्याय भएको भन्दै उजुरी दिएका थिए, तर निलम्बन र समयसीमाका कारण सिफारिस भएनन्।
काठमाडौँ । प्रहरीको वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिसविरुद्ध प्रहरी उपरीक्षक (एसपी) विमल बस्नेतले दिएको उजुरी खारेज गर्ने निर्णय गरिएको छ । बुधवार बढुवा उपरको उजुरी सुन्ने समितिले बस्नेतको उजुरी खारेज गरेको हो ।
साउन ५ मा बढुवा समितिले ११ जना एसपीहरूलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको थियो । सो सिफारिस विरुद्ध परेको उजुरीमा आवश्यक निर्णय गरिएको लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले रातोपाटीलाई बताए ।
बैठकमा सहभागी एक जना सदस्यले बस्नेतको उजुरी खारेज गरेर बढुवा समितिले गरेको सिफारिस सदर गरिएको बताए । उनले भने, ‘जे सिफारिस छ त्यसैलाई अघि बढाउने निर्णय भएको छ ।’
मेरिट लिस्टको पहिलो नम्बरमा रहेका बस्नेतले आफूलाई छुटाएर अन्याय गरिएको उजुरीमा उल्लेख गरेका थिए । राष्ट्रिय अनुसन्धानबाट आएका बस्नेत वरीयता सूचीको पहिलो नम्बरमा भए पनि छुटेका थिए । २०७७ मा अनियमितताको आरोपमा निलम्बनमा परेका बस्नेतलाई प्रधान कार्यालयले ५ वर्ष बढुवा रोक्का गर्ने निर्णय गरेको थियो । सो समय सीमा अझै पूरा नभएको हुनाले उनलाई सिफारिस नगरिएको प्रहरीका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । उनी २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागमा सेवा प्रवेश गरेर प्रहरीमा आएका हुन् ।
बढुवा समितिले तुल बहादुर कार्की, राकेश सिंह, राजीव बहादुर बस्नेत, कमल थापा, प्रवीण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्र प्रसाद फुयाँल, दीपक पोखरेल, दयानिधि ज्ञवाली, दीपेन्द्र शाही र केदार खनाललाई बढुवा सिफारिस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण