शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: मुख्यमन्त्री कँडेलमाथि प्रश्नको ‘फायर’, लाउडा प्रकरण १८ वर्षदेखि सर्वोच्चमै

बिहीबार, २२ साउन २०८२, ०० : ००
बिहीबार, २२ साउन २०८२

काठमाडौँ ।  आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. मुख्यमन्त्री कँडेलमाथि प्रश्नको ‘फायर’ 

कर्णालीको प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता राजकुमार शर्मा बुधबारको संसद् बैठकमा आक्रामक देखिए ।मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो ‘एकलो प्रयास’ले मात्रै केही गर्न नसकिने आशय व्यक्त गरेपछि शर्माले त्यही शब्दलाई लिएर उनीमाथि आगो ओकले ।

२. चक्रे मिलनको योजनामा एक वर्षअघि भक्तपुरमा युवकमाथि खुकुरी प्रहार

गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) सार्वजनिक हित विरुद्धको कसुरमा थुनामा छन् । साउन १५ मा महाराजगन्जस्थित साम्बाला होटलबाट पक्राउ परेका चक्रे मात्रै होइन उनको समूहका थप १८ जनामाथि प्रहरीले थुनेर अनुसन्धान गरिरहेको छ । उनीहरुलाई भद्रकालीस्थित काठमाडौँ परिसरमा राखिएको छ ।

३. लाउडा प्रकरण

लाउडा विमान भाडा प्रकरण नेपाली राजनीतिमा बहुचर्चित छ । २३ वर्ष पुरानो यस मुद्दाको अहिलेसम्म फैसला हुन सकेको छैन । सर्वोच्च अदालतमा यो मुद्दा दुई सयभन्दा बढी पटक पेशी चढ्दै घुमिरहेको छ । 

४. यौन दुर्बलता

स्थानीय एकीकृत विकास समाज नेपाल (सोलिड नेपाल) र परिवार कल्याण महाशाखा, स्वास्थ्य सेवा विभाग, संयुक्त राष्ट्र संघीय जनसंख्या कोषको २०२४ मा गरिएको यौन दुर्बलतासम्बन्धी राष्ट्रिय अध्ययनले पनि कुनै दीर्घरोग जस्तै– मधुमेह, उच्च रक्तचाप भएकाहरूमा यौन दुर्बलता बढी हुने गरेको देखाएको छ । मोटोपन धेरै भएका व्यक्तिमा अन्यको तुलना बढी यौन दुर्बलता देखिएको छ । 

५. रुपन्देही–३ उपनिर्वाचन

रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि राजनीतिक दलहरु तयारीमा जुटेका छन् । आन्तरिक रुपमा उम्मेदवार छनोटदेखि बुथ कमिटी गठनसम्मका काममा दलहरु व्यस्त छन् ।

६. कुलिङ पिरियड
संघीय निजामती विधेयकमा भएको ‘कुलिङ पिरियड’ सम्बन्धी छलछामबारे अध्ययन गर्न र सुझाव दिन गठित संसदीय छानबिन समितिको प्रतिवेदनले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, सचिव सुरज दुरा र मुख्यसचिव एकनारायण अर्याललाई ‘नैतिक जिम्मेवार’ ठहर गरेको छ ।

७. कांग्रेसमाथि प्रश्न
‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा ‘कुलिङ अफ पिरियड’मा भएको गडबडीबारे छानबिन गर्न बनेको संसदीय समितिले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडालाई नैतिक जिम्मेवार देखाएको छ । 

 

८. घरजग्गा

घरजग्गा क्षेत्र विगत केही वर्षदेखि सुस्त छ । मूल्य घटेको छ भने किनबेचको क्रम समेत सुस्त छ । घरजग्गा कारोबारमा संलग्न व्यवसायीको तर्क अनुसार यो अवधिमा घरजग्गाको मूल्य ३० प्रतिशत हाराहारीमा घटिसकेको छ । मूल्यांकनकर्ताले त यस्तो गिरावट ३० देखि ५० प्रतिशतसम्म रहेको बताउँदै आएका छन् । 

८. कहिल्यै ‘सुध्रिएन’ मधेस
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार १० गतेभित्रै आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याइसक्नुपर्ने बाध्यात्मक व्यवस्था भए पनि मधेस प्रदेशका अधिकांश स्थानीय तहले यसलाई निरन्तर बेवास्ता गर्दै आएका छन् । 

९. नाइमा एक्स्पो

भृकुटीमण्डपमा नाइमा नेपाल मोबिलिटी एक्स्पो सुरु भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड ग्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)को आयोजनामा बुधबार सुरु भएको एक्स्पोमा २३ वटा चारपाङग्रे र १८ वटा दुईपाङ्ग्रे र ७ वटा कमर्सियल भेहिकल ब्राण्डका स्टल छन् । एक्स्पो पाँच दिनसम्म चल्ने छ । 

१०. सर्वोच्चको व्याख्या
सर्वोच्च अदालतले बहुमतको सरकार गठन हुने सम्भावना रहेसम्म संविधानको धारा ७६ (२) प्रयोग गर्न मिल्ने भनी व्याख्या गरेको छ ।

 

११. स्थानीय तह

स्थानीय तहहरूमा बजेट खर्च गर्ने क्षमतामात्र होइन, खर्च भएको रकमको पारदर्शिता र वैधानिकतामाथि पनि प्रश्न बढेको छ । महालेखा परीक्षकको प्रतिवेदनले हरेक वर्ष अर्बौंको बेरुजु औँल्याएको छ ।

 

१२. मनाङ प्रदेशसभा ‘ख’को उपनिर्वाचन अनिश्चित

सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ नआउँदा गण्डकी प्रदेशमा रिक्त भएको प्रदेशसभा सदस्य पदको उपनिर्वाचन अनिश्चित भएको छ । यसअघि निर्वाचन आयोगले रुपन्देही ३ मा प्रतिनिधिसभा सदस्य र मनाङ प्रदेश सभा सदस्य एक/एक गरी दुई क्षेत्रमा कात्तिक १७ मा निर्वाचन हुने जनाएको थियो । तर आयोगले निर्वाचन मिति घोषणा गर्दासम्म पनि अदालतको फैसला नआएपछि प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको मात्रै मिति घोषणा गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप