बहुविवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु अनुचित : कमल थापा
सारांश
- राप्रपा नेपालका अध्यक्ष कमल थापाले बहुविवाहलाई प्रोत्साहित गर्ने कानुन बनाउनु अनुचित रहेको बताए।
- सरकारले मुलुकी अपराध संहिता संशोधन गरी बहुविवाहलाई मान्यता दिने तयारी गरिरहेको आरोप थापाको छ।
- थापाले सनातन संस्कृतिमा विवाहको पवित्रतालाई विकृत पार्न खोजिएको भन्दै सचेत रहन आग्रह गरे।
काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले बहुविवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु अनुचित भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'कुनै पनि बहानामा बहुविवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु सर्वथा अनुचित र गलत हो। सरकारले मुलुकी अपराध संहितामा संशोधन गरी घुमाउरो भाषामा बहुविवाहलाई मान्यता दिने खालको तयारी गरिरहेको छ। यो कार्य तत्काल रोकिनुपर्दछ।'
थापाले थप लेखेका छन्– 'सनातन संस्कृतिमा विवाह एक पवित्र बन्धन र संस्था हो। यो मान्यतालाई विकृत तुल्याउने गरी विगतमा समेत अनेक प्रपञ्चहरू रचिएका छन् ।बाह्य शक्तिहरूको उक्साहटमा सनातन धर्म संस्कृति र परम्परालाई कमजोर बनाउने षड्यन्त्र अनुरूप विवाहको पवित्र स्वरूपलाई समेत विकृत तुल्याउने कार्यहरू हुनु दुर्भाग्यपूर्ण छ। यसतर्फ समयमै सचेत रहन सबैमा आग्रह गर्दछु।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण