शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

तस्बिरमा हेर्नुहोस् नेपाली राष्ट्रिय क्रिकेट टोलीको फिटनेस र फिजिकल टेस्ट

बिहीबार, २२ साउन २०८२, ११ : ४८
बिहीबार, २२ साउन २०८२

सारांश

  • अस्ट्रेलियामा हुने टी-२० सिरिजका लागि नेपाली क्रिकेट टोलीको फिटनेस टेस्ट सम्पन्न भयो।
  • रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा, जसमा युवा खेलाडीहरूको बाहुल्यता छ।
  • नेपालले अगस्ट १५ देखि सुरु हुने प्रतियोगितामा विभिन्न टिमसँग प्रतिस्पर्धा गर्नेछ।

काठमाडौँ । यही अगस्ट १४ देखि २४ सम्म अस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप एन्ड टी–२० सिरिजका लागि घोषणा भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको फिटनेस र फिजिकल टेस्ट आज सम्पन्न भएको छ । 

यही साता घोषणा भएको १६ सदस्यीय टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र ललित नारायण राजवंशी रहेका छन्।

circket player (2)

आज बिहान सातदोबाटोस्थित स्पोर्टस साइन्य एन्ड रिसर्च सेन्टर एन्ड हाइ पर्फमेन्स सेन्टरमा फिटनेस र फिजिकल टेस्ट भएको हो । अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजमा नेपालसहित ११ टोली सहभागी छन् भने यसमा नेपालले लिग चरणमा ६ खेल खेल्नेछ।

circket player (3)

नेपालले आफ्नो पहिलो खेल १५ अगस्टमा स्थानीय टिम नर्दर्न टेरिटोरी स्ट्राइक विरुद्ध खेल्नेछ। दोस्रो खेल १६ अगस्टमा बङ्गलादेश ‘ए’ विरुद्ध हुनेछ। तेस्रो खेल नेपालले १८ अगस्टमा मेलबर्न स्टार्सविरुद्ध खेल्नेछ। चौथो खेल १९ अगस्टमा होबार्ट हुरिकेन्स विरुद्ध हुनेछ भने पाँचौँ खेल २० अगस्टमा मेलबर्न रेनेगेड्स विरुद्ध हुनेछ। अन्तिम लिग खेल नेपालले २२ अगस्टमा पाकिस्तान शाहीन्स विरुद्ध खेल्नेछ।

circket player (4)

लिग चरणपछि शीर्ष ४ टोलीबिच सेमिफाइनल खेलिनेछ र त्यसपछि फाइनल हुनेछ। नेपाल फाइनलसम्म पुगेमा कुल ८ खेल खेल्नेछ। सन् २०२३ मा भएको अघिल्लो संस्करणमा जम्मा ५ टोली सहभागी थिए भने यसपटक ११ टोली पुगेका छन्।

circket player (5)

नेपालले यो प्रतियोगिता आगामी अक्टोबरमा हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका रूपमा खेल्न लागेको हो। नेपालले सेप्टेम्बरमा वेस्ट इन्डिजसँग पनि टी-२० आई श्रृड्ंखला खेल्दैछ ।

circket player (6)circket player (7)circket player (8)circket player (9)circket player (10)circket player (11)circket player (12)circket player (13)circket player (14)circket player (15)circket player (16)circket player (17)circket player (18)circket player (19)circket player (20)circket player (21)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप