काठमाडौँ महानगरमा इभी ‘अन द जब ट्रेनिङ’
सारांश
- काठमाडौं महानगरपालिकाले विद्युतीय तथा अन्य सवारी साधन मर्मतसम्बन्धी तालिमका लागि आवेदन आह्वान गरेको छ।
- पहिलो चरणमा १९ जनाका लागि यो अवसर खुला गरिएको छ, जसमा इच्छुकले साउन २८ गतेभित्र आवेदन दिनुपर्नेछ।
- यो तालिम काठमाडौँ महानगरपालिका, चाँगुनारायण फाउन्डेसन र औद्योगिक प्रतिष्ठानहरूको सहकार्यमा सञ्चालन हुनेछ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्युतीय तथा अन्य सवारी साधन मर्मतसम्बन्धी ६ महिने ‘अन द जब ट्रेनिङ’ का लागि आवेदन आह्वान गरेको छ । प्रारम्भिक तालिम प्राप्त गरिसकेका प्रशिक्षार्थीहरूलाई लक्षित गर्दै महानगरले पहिलो चरणमा १९ जनाका लागि यो अवसर खुला गरेको हो ।
महानगरको सामाजिक विकास विभागले जारी गरेको सूचनाअनुसार, यो तालिम कार्यक्रम काठमाडौँ महानगरपालिका, चाँगुनारायण फाउन्डेसन र सम्बन्धित औद्योगिक प्रतिष्ठानहरूको सहकार्यमा सञ्चालन गरिनेछ ।
इच्छुक प्रशिक्षार्थीहरूले २०८२ साल साउन २८ गतेभित्र अनलाइनमार्फत आवेदन पेस गरिसक्नुपर्नेछ । छनोट भएका प्रशिक्षार्थीहरूका लागि तालिम २०८२ भदौ १ गतेदेखि सुरु हुनेछ ।
नागरिकता वा अन्य सरकारी मान्यता प्राप्त परिचय पत्रको प्रतिलिपि, विद्युतीय र अन्य सवारी साधन मर्मतसम्बन्धी प्रारम्भिक तालिम प्राप्त गरेको प्रमाणपत्रको प्रतिलिपि, तालिमसँग सम्बन्धित कार्य अनुभव पत्र वा सो सम्बन्धी कागजातको प्रतिलिपि, न्यूनतम ८ कक्षा उत्तीर्ण गरेको शैक्षिक योग्यताको प्रमाण–पत्रको प्रतिलिपिसहित महानगरमा इच्छुकले आवेदन दिन सक्नेछन् ।
प्राप्त आवेदनहरूमध्येबाट ‘स्क्रिनिङ’ मार्फत योग्य उम्मेदवार छनोट गरिने महानगरले जनाएको छ । यो तालिम महानगरको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ अन्तर्गत सञ्चालन हुन लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण