कुलिङ पिरियड छानबिन प्रतिवेदनप्रति सांसद मिश्रको व्यङ्ग्य, ‘सबै दलको सहमतिमा तयार भएको प्रतिवेदनमा धेरै नबोलौँ’
सारांश
- नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले कुलिङ अफ पिरियडबारे बनेको संसदीय समितिको प्रतिवेदनप्रति असन्तुष्टि जनाए।
- उनले ठुला दर्जाका कर्मचारीलाई जागिरको व्यवस्था मिलाउन खोजिएको र प्रतिवेदनले यथार्थ बाहिर ल्याउन नसकेको आरोप लगाए।
- सांसद मिश्रले संघीय निजामती सेवा विधेयकमाथि आशंका व्यक्त गर्दै निर्णय उल्टो पार्नेलाई कारबाहीको माग गरे।
काठमाडौँ । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद नारायदत्त मिश्रले कुलिङ अफ पिरियडमा भएको छेडखानी गर्न बनेको संसदीय छानबिन विशेष समितिले तयार पारेको प्रतिवेदनप्रति असन्तुष्टि जनाएका छन् ।
मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै उनले सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा भएको त्रुटि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले यथार्थ बाहिर ल्याउन नसकेको बताएका हुन् ।
उनले छानबिन समिति अलिअलि लजाएको जस्तो, भन्न खोजेको कुरा भन्न लाज मानेको जस्तो देखिएको बताए । उनले व्यङ्ग्य गर्दे सबै दलको सहमतिमा तयार भएको प्रतिवेदनमा धेरै बोल्न नहुने बताए ।
उहाँले संविधानमा उल्लेख भएको समाजवाद ठुला दर्जाका कर्मचारीहरूलाई कुलिङ अफ पिरियड हटाएर तत्काल अर्को जागिरको व्यवस्था मिलाउनुमा दत्तचित्त भएको आरोप पनि लगाउनु भयो । यस्तै उहाँले राष्ट्रिय सभाबाट वर्षे अधिवेशनमा सङ्घीय निजामती सेवा विधेयक पास हुनेमा आशंका पनि व्यक्त गर्नुभयो ।
उनले भने, ‘हाम्रो समाजवाद उन्मुख व्याख्या कतै ठुला दर्जाका कर्मचारीहरूलाई कुलिङ अफ पिरियड हटाएर तुरुन्त नै अर्को जागिरको व्यवस्था मिलाउनुमा दत्तचित्त भएको त छैन । हालै गठन भएको सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समिति प्रतिवेदन २०८२ पनि अलिअलि लजाएको जस्तो भन्न खोजेको कुरा भन्न लाज मानेर हो की खोल्न नसके जस्तो देखिएको छ ।’
उनले थपे, ‘सबै दलको सहमतिमा तयार भएको प्रतिवेदनमा खैर धेरै नबोलौँ । अस्ति एक जना सांसद भन्दै हुनुहुन्थ्यो, अरूले पनि हो मा हो मिलाउँदै थिए, बल्ल राष्ट्रिय सभाको हातमा आयो यसलाई सच्याउने कुरा । सच्याउन त सच्याउला, यही वर्षे अधिवेशनमा विधेयक पेस भइदिए त सच्याउला । यसलाई समितिले अग्राधिकार दिएर काम गरेजस्तो मलाई त लागेको छैन । हामी दुई जना नारायणले त समिति छाडेका छौँ । अब त्यहाँ कृष्णहरू छन्, के गर्छन् हेरौँ । कुलिङ अफ पिरियड राखेर देशलाई कति अन्तर पर्छ या पर्दैन थाहा छैन । हामीलाई कुलिङ अफ पिरियडमा अल्झाई दिएर कसले कहाँ कस्तो दुनो सोझ्याउन खोज्दै छन् थाहा छैन । संसद्ले गरेको निर्णय माथिको खेलबाड अक्षम्य विषय हो ।’
उनले हालसम्म कुलिङ अफ पिरियड नराखेर पनि काम चलेको र यो व्यवस्था राखे पनि दुधले धोएका मानिसहरू भने नआउने बताए । हाम्रो मान्छे भन्ने सोचाई नहटेसम्म राम्रो मान्छेले ठाउँ नपाउने उनको भनाई छ । उनले संसद्ले गरेको निर्णयलाई उल्टोपाल्टो पार्नेलाई कारबाहीको भागीदार नबनाउँदा आगामी दिनमा पनि यस्ता गतिविधि दोहोरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण