प्रधानमन्त्रीलाई वर्षमानको प्रश्न : स्वास्थ्य प्रतिष्ठानहरूको चीरहरण भएको किन बिर्सनुभयो ?
सारांश
- वर्षमान पुनले प्रधानमन्त्रीले प्रस्तुत गरेको तथ्यांकप्रति आपत्ति जनाए, स्वास्थ्य क्षेत्रमा देखिएका समस्या औंल्याए।
- उनले स्वास्थ्य प्रतिष्ठानमा भइरहेको भागबण्डा र चिकित्सक पलायनको समस्याबारे प्रश्न उठाए।
- पुनले सहकारी ठगी, मलको अभाव, र भूमि विधेयकमा सरकारको कार्यशैलीको आलोचना गरे।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रधानमन्त्रीले संसदमा पेस गरेको देशको अर्थतन्त्र, शिक्षा, स्वास्थ्यलगायतका तथ्यांकप्रति आपत्ति जनाएका छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा पूर्वमन्त्री समेत रहेका पुनले प्रधानमन्त्रीको भाषणले देशमा कुनै समस्या छैन, विकास द्रुत भएको छ, सुशासनको मानक बनेको छ र सरकारको विरोध गर्नेहरू मतिभ्रष्ट हुन् भन्नेजस्तो देखिएको बताए ।
उनले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भने, ‘तर प्रधानमन्त्रीज्यू तपाईँले संसदमा भाषण गरिरहँदा स्वास्थ्य प्रतिष्ठानहरूको चीरहरण भइरहेको किन बिर्सनुभयो ? स्वास्थ्यका तथ्याङ्कहरू प्रस्तुत गरिरहँदा मेरिटोक्रेसी मिचेर भागबन्डा भइरहेको थियो ।’
उनले कुशासनसँग लड्न नसकेर एक योग्य चिकित्सक देश छाड्दै गरेको तथा मेडिकल काउन्सिलमा दर्ता भएका ७४ प्रतिशत चिकित्सक बिदेसिएको तथ्याङ्कले के अर्थ लाग्छ ? भन्दै प्रश्न गरे ।
उनले आर्थिक वृद्धि सकारात्मक भएको प्रधानमन्त्रीले दाबी गरे पनि त्यो रातारात नभएको बताए । उनले निराशाको चक्रव्युबाट विगतको सरकारले गरेका कामका कारण आर्थिक वृद्धि केही बढेको भन्दै सहकारी ठगी प्रकरण, रङ्गशाला, संसद् भवन निर्माणको काम लगायतमा सरकारले चित्तबुझ्दो जवाफ दिन नसकेको बताए ।
किसानले मल नपाएको कुरा सांसदले उठाउँदा आलोचना सम्झने दुई तिहाइको सरकारलाई किसानलाई मल उपलब्ध गराउन कसले रोकेको छ भनेर पुनले प्रश्न गरे ।
साथै उनले सरकारको नियत नै गलत रहेको भन्दै भूमिहीन, सुकुम्वासी नदेख्ने बरु दलालको हितमा भूमि विधेयक ल्याएकोमा पुनले पासपोर्ट छपाइमा मिलेमतो भएको, देशलाई ग्रे लिस्टबाट बाहिर निकाल्ने योजना नभएको भन्दै प्रधानमन्त्री र सरकारमा देखिएको दम्भले समस्या समाधान नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण