लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार
सारांश
- नेपालगञ्ज बसपार्कमा प्रहरीले लागुऔषध कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ।
- प्रहरीमाथि ढुङ्गामुढा गरेर भाग्न खोज्दा दुई जनालाई गोली प्रहार गरिएको छ।
- पक्राउ पर्नेमा अमन साह, भाइजन अन्सारी, अजयकुमार र कात्र्तिक कुमार रहेका छन्।
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको बसपार्कमा आज प्रहरीले गोली प्रहार गरी लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ । लागुऔषध कारोबारमा संलग्न रहेका दुई जनालाई सुरुमा पक्राउ गरिएको र दुई जनाले प्रहरीमाथि ढुङ्गामुढा गरेर भाग्न खोज्दा उनीहरुमाथि दुई राउड गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक रामबहादुर घर्तीले जानकारी दिए ।
‘लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा दुई जनालाई पछ्याएका थियौँ तर त्यहाँ चार जना रहेछन्’ उनले भने । दुई जनालाई प्रहरीले पक्राउ गरेपछि बाँकी दुई जनाले प्रहरीमाथि ढुङ्गामुढा गरेर भाग्न खोजेपछि बाध्य भएर प्रहरीले गोली चलाएको प्रहरी उपरीक्षक घर्तीले बताए ।
प्रहरीले नेपागञ्ज उपमहानगरपालिका– ५ का २२ वर्षीय अमन साह, सोही ठाउँ बस्ने २६ वर्षीय भाइजन अन्सारी, भारतको बहराइज रुपैडियाका २० वर्षीय अजयकुमार र २० वर्षीय कात्र्तिक कुमारलाई पक्राउ गरेको हो । प्रहरीले कार्तिक कुमारको खुट्टामा गोली लागेको जनाएको छ ।
उनको दायाँ खुट्टामा गोली लागेको छ । लागुऔषध कारोवारीले प्रहार गरेको इँटा लागेर एकजना प्रहरी घाइते भएका छन् । घाइते प्रहरीलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण