बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मोदीको चीन भ्रमणअघि चिनियाँ विदेशमन्त्री भारत जाने

शनिबार, ३१ साउन २०८२, १७ : ३९
शनिबार, ३१ साउन २०८२

सारांश

  • भारतीय प्रधानमन्त्री मोदी चीन जाने तयारीमा रहेका बेला चीनका विदेशमन्त्री वाङ यी भारत भ्रमणमा आउने भएका छन्।
  • वाङ यी भदौ २ देखि ४ गतेसम्म भारत भ्रमणमा रहनेछन्, जहाँ उनी भारत-चीन सीमा विवादबारे विशेष वार्तामा सहभागी हुनेछन्।
  • यो वार्ता भारतको निमन्त्रणामा आयोजना हुँदैछ, जसलाई दुई देशबीचको सम्बन्ध सुधार र समस्या समाधानको महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन जाने तयारीमा रहेका वेला त्यहाँका विदेश मन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका पोलिटब्युरो सदस्य वाङ यी भारत जाने भएका छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताका अनुसार विदेश मन्त्री वाङ भदौ २ गतदेखि ४ गते (अगष्ट १८ देखि २०)सम्म भारत भ्रमणमा रहेछन् । भ्रमणका क्रममा उनले भारत–चीन सीमा विवादसम्बन्धी विशेष प्रतिनिधिहरूको २४औँ चरणको वार्तामा सहभागी हुने बताइएको छ । 

यस पटकको वार्ता भारतको निमन्त्रणामा आयोजित हुन लागेको हो । मन्त्री वाङ यी विशेष प्रतिनिधिका रूपमा यस वार्तामा सहभागी हुने बताइएको छ । 

यी दुई देशबिच सीमासम्बन्धी जटिलता समाधानका लागि लामो समयदेखि उच्चस्तरीय वार्ता हुँदै आएको छ । २४औँ चरणको यो वार्तालाई दुवै देशबिचको सम्बन्ध सुदृढीकरण र द्विपक्षीय समस्या समाधानतर्फको महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ । 

यसअघि गत असारको अन्तिममा भारतीय विदेशमन्त्री एसजयशंकरले चीनको भ्रमण गरेका थिए । भ्रमणका क्रममा सीमा विवादलगायत अन्य विविध क्षेत्रको विषयमा छलफल भएको बताइएको छ । उक्त क्रममा मन्त्री जयशंकरले चीनका राष्ट्रपति सी चीन फिङसँग पनि भेटवार्ता गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप