चिकित्सा शिक्षा स्नातक तहको प्रवेश परीक्षा कार्तिक १५ गतेदेखि
सारांश
- चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०२६ का लागि स्नातक तहको एकीकृत प्रवेश परीक्षा तालिका सार्वजनिक गरेको छ।
- भदौ २ गतेदेखि २२ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेर २९ गतेसम्म आवेदन दिन सकिनेछ।
- परीक्षा कार्तिक १५ देखि १९ गतेसम्म काठमाडौँ उपत्यकाका विभिन्न केन्द्रमा सञ्चालन हुनेछ र परीक्षा २०० पूर्णाङ्कको हुनेछ।
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०२६ का लागि स्नातक तहको एकीकृत प्रवेश परीक्षा तालिका सार्वजनिक गरेको छ ।
आयोगले आइतबार जारी गरेको सूचनाअनुसार भदौ २ गते बिहान १० बजेदेखि भदौ २२ गते अपराह्न ५ बजेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने छ । त्यस्तै, भदौ २२ पछि २९ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
प्रवेश परीक्षा कार्तिक १५ गतेदेखि १९ गतेसम्म काठमाडौँ उपत्यकाका विभिन्न केन्द्रमा सञ्चालन हुनेछ। परीक्षा केन्द्रहरू पछि प्रकाशित गरिने आयोगले जनाएको छ ।
पहिलो दिन कार्तिक १५ गते एमबीबीएस कार्यक्रमको परीक्षा हुनेछ। कार्तिक १६ गते बीडीएस, १७ गते बीएस्सी नर्सिङ, बीएस्सी मिडवाइफरी, बीएएसएलपी र बी पफ्र्युजन टेक्नोलोजीका परीक्षा हुनेछन्।
त्यस्तै, कार्तिक १८ गते बीएएमएस, बीएनएस/बीएमएस, बीएस्सी एमएलटी, बीएस्सी एमआईटी, बि फार्मा, बीएस्सी रेडियोथेरापी र बी अप्टोमेट्रीका परीक्षा लिइने छन् भने कार्तिक १९ गते बीपीएचको परीक्षा हुने छ ।
आयोगका अनुसार प्रवेश परीक्षा सबै विषयमा २०० पूर्णाङ्कको हुनेछ र परीक्षा समयावधि ३ घण्टा तोकिएको छ। एउटाभन्दा बढी कार्यक्रमका लागि आवेदन दिन चाहने विद्यार्थीले तालिका नजुध्ने गरी मात्र आवेदन दिन सक्नेछन् ।
परीक्षाका लागि आवेदन शुल्क नेपाली विद्यार्थीका लागि ४ हजार रुपैयाँ र विदेशी विद्यार्थीका लागि ८ हजार रुपैयाँ तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण