इन्डोनेसियामा ६ म्याग्निच्युडको भूकम्प
सोमबार, ०२ भदौ २०८२, ०९ : ४४
सारांश
- इन्डोनेसियाको सुलावेसीमा ६.० म्याग्निच्युडको भूकम्प जाँदा २९ जना घाइते भएका छन्।
- भूकम्पको केन्द्रबिन्दु पोसो रिजेन्सीबाट १८ किलोमिटर उत्तर पश्चिममा थियो।
- भूकम्प १५ सेकेन्डसम्म चलेको थियो, जसले गर्दा स्थानीय बासिन्दा घरबाट बाहिर निस्किए।
जकार्ता । इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तको पोसो रिजेन्सीमा आइतबार ६.० म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट २९ जना घाइते भएको देशको राष्ट्रिय विपद् व्यवस्थापन निकायले एक विज्ञप्तिमा जनाएको छ ।
मौसम विज्ञान, जलवायु विज्ञान र भूभौतिकी निकायले स्थानीय समयअनुसार बिहान ५ः३८ बजे भूकम्प गएको जनाएको छ । जसको केन्द्रबिन्दु पोसो रिजेन्सीबाट १८ किलोमिटर उत्तर पश्चिममा १० किलोमिटर गहिराइमा जमिनमा रहेको थियो ।
पोसो पेसिसिर जिल्लामा शक्तिशाली भूकम्प महसुस गरिएको थियो । जसमा मसानी, टोकोरोन्डो, तोउ, पिनेडापा, ताङ्कुरा र लापे गाउँहरू पनि समावेश थिए । जुन लगभग १५ सेकेन्डसम्म चलेको थियो र धेरै बासिन्दाहरूलाई सुरक्षाको लागि बाहिर निस्कन बाध्य पारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण