स्वास्थ्य सेवाका कर्मचारीहरूलाई पनि निजामती सेवा विधेयकमा समेट्नुपर्छ : सांसद भट्टराई
सारांश
- एमाले सांसद गोपाल भट्टराईले स्वास्थ्य सेवाका कर्मचारीका माग निजामती विधेयकमा समावेश गर्नुपर्ने बताए।
- भट्टराईले संघीयता कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने विधेयकको उद्देश्य रहेको उल्लेख गरे।
- उनले साना कर्मचारी र निजामती बाहिरका कर्मचारीलाई कसरी समेट्ने भन्ने विषयमा संशोधन आवश्यक रहेको बताए।
काठमाडौँ । नेकपा (एमाले)का सांसद गोपाल भट्टराईले स्वास्थ्य सेवाका कर्मचारीहरूका मागहरू समेत सङ्घीय निजामती विधेयकमा समेटेर लैजानुपर्ने माग राखेका छन् ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सोमवार बैठकमा सङ्घीय निजामती सेवा विधेयकमाथि सैद्धान्तिक छलफलमा बोल्दै भट्टराईले विधेयमा साना तथा निजामती सेवा बाहिरका कर्मचारीहरूलाई पनि समेटेर अघि बढ्नुपर्ने धारणा राखेका हुन् ।
उनले भने, ‘यो विधेयकले अहिले सङ्घीयता कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने यसको उद्देश्य देखिन्छ । त्यसका लागि विधेयकले राम्रो काम गरेको जस्तो देखिन्छ । विधेयकले साना कर्मचारीहरू र निजामतीभन्दा बाहिर पारिएका कर्मचारीलाई कसरी समेट्ने भन्ने पनि छन् । यसमा हामीले नपुग भएका कुराहरूमा संशोधन पनि हालेका छौँ । अहिलेसम्मका विधेयकहरू सही ढङ्गले पास भएका छन् ।’
उनले कुलिङ अफ पिरियडबारे थप आवश्यक छलफल गर्नुपर्ने धारणा राखे । उनले थपे, ‘यो विधेयक पनि सोही ढङ्गले अगाडि बढ्छ भन्ने विश्वास छ । स्वास्थ्य सेवाका कर्मचारीहरूले पनि यही विधेयकमा बस्नुपर्छ भन्ने माग राखेका छन् । उनीहरूसँग पनि छलफल गर्नुपर्छ । यो विधेयकलाई समृद्ध बनाएर लैजाने कुरामा प्रतिबद्ध हुनुपर्छ । छौँ । अब कुलिङ अफ पिरियडबारे पनि थप छलफल आवश्यक छ । त्यसका लागि पनि दफावार छलफलमा थप कुरा राख्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण