बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
समाचार

सरकारले अर्को गल्ती गर्दैछ : प्रचण्ड

मङ्गलबार, ०३ भदौ २०८२, १३ : ३९
मङ्गलबार, ०३ भदौ २०८२

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रचण्डले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने प्रयास धेरै पहिलेदेखि नै भइरहेको बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय बाहिर पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले यसमा सरकारले गल्ती गरिरहेको बताएका हुन् ।

उनले सरकार गठन भएदेखि नै गल्तीबाहेक कुनै राम्रो काम नगरेको आरोप लगाए। उनले उपसभामुख एक आदिवासी जनजाति महिला भएको र सामाजिक सेवा तथा बालबालिकाको हेरचाहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाएको व्यक्ति भएको कुरामा जोड दिए। उनले यस्तो व्यक्तिलाई बिनाकारण हटाउन खोज्नु गलत भएको भन्दै आफ्नो पार्टीले त्यसको विरोध गर्ने घोषणा गरे।

‘एक पत्रकारले उपसभामुखमाथि पनि प्रश्न उठेको छ नि’ भनेर सोध्दा प्रचण्डले ती आरोपहरूलाई खारेज गर्दै उपसभामुखले कुनै गलत काम गरेको प्रमाण नभएको र सबै आरोपहरू कपोलकल्पित र झुटा भएको बताए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप