‘विपिनकी आमा र बहिनी सबैका खुट्टा समाउँदै हिँडिरहेको देख्दा मन रुन्छ’
सारांश
- एमाले सांसद शारदादेवी भट्टले कञ्चनपुरका विपिन जोशीको उद्धारका लागि सरकारसँग कूटनीतिक पहलको माग गरिन्।
- सांसद भट्टले हमासले बन्धक बनाएको दुई वर्ष बितिसक्दा पनि जोशीको अवस्था अज्ञात रहेको भन्दै चिन्ता व्यक्त गरिन्।
- जोशीको रिहाइका लागि कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिँदै उनले सरकारलाई जनताको अभिभावकको भूमिका निर्वाह गर्न आग्रह गरिन्।
काठमाडौँ । नेकपा (एमाले)की सांसद शारदादेवी भट्टले हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीको कूटनीतिक पहलको माध्यमबाट उद्धार गर्न सरकारसँग माग गरेकी छन् ।
राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै सांसद भट्टले नेपाली विद्यार्थी बन्धक बनेको दुई वर्ष बितिसक्दा पनि उनको अवस्थाबारे जानकारी नहुनु दुःखद रहेको बताएकी हुन् ।
उनले भनिनन्, ‘कञ्चनपुरका विपिन जोशीको हमासले बन्धक बनाएको दुई वर्ष बितिसक्दा पनि उद्धार नहुनु दुःखको कुरा हो । उनको हालको अवस्थाबारे पनि थाहा छैन । अहिले उनीकी आमा र बहिनी विदेशी भूमिमा गएर सबैका खुट्टा समाउँदै रुँदै हिँडिरहेका छन् । देख्ने बेला मन रुन्छ ।
उनले थपिन्, ‘म सरकारसँग भन्न चाहन्छु । राज्य जनताको अभिभावक हो ? यदि हो भने जोशीको रिहाइको लागि कूटनीतिक तरिकाले पहल गर्न सरकारसँग जोडदारसँग माग गर्दछु ।’
विपिन जोशी इजरायल–हमास युद्धका क्रममा २०८० असोजमा अपहरणमा परेका थिए । उनको अवस्था अझै अज्ञात छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण