दक्षिण कोरियाली सैनिकले सीमा नजिक गोलाबारी गरेको उत्तर कोरियाको आरोप
सारांश
- उत्तर कोरियाले दक्षिण कोरियाली सेनाले गोली चलाएकोमा आपत्ति जनाएको छ।
- उत्तर कोरियाले दक्षिण कोरियाको कदमलाई 'पूर्वनियोजित र जानाजानी गरिएको उक्साहट' भन्दै चेतावनी दिएको छ।
- दक्षिण कोरियाली सेनाले उत्तर कोरियाली सैनिकले सीमा पार गरेपछि गोली चलाएको दाबी गरेको छ।
काठमाडौँ । उत्तर कोरियाले आफ्ना सैनिकहरूमाथि दक्षिण कोरियाली सेनाले गोली प्रहार गरेको भन्दै कडा आपत्ति जनाएको छ ।
उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएद्वारा शनिबार प्रकाशित समाचारअनुसार, कोरियन पिपुल्स आर्मीका उप–प्रमुख को जोङ छोलले दक्षिण कोरियाले गरेको कदमलाई ‘पूर्वनियोजित र जानाजानी गरिएको उक्साहट’ भन्दै तत्काल रोक्न चेतावनी दिएका छन् ।
उनले यो कदमलाई ‘गम्भीर उत्तेजक’ भन्दै दक्षिण कोरियाली सेनाले उत्तर कोरियाली सैनिकतर्फ १० भन्दा बढी चेतावनी स्वरूपका गोली प्रहार गरेको दाबी गरे ।
को जोङ छोलले भनेका छन्, ‘यो निकै गम्भीर पूर्वसङ्केत हो जसले दक्षिणी सीमा क्षेत्रमा ठूलो संख्यामा तैनाथ भएका दुवै पक्षका सेनाबिचको टकरावलाई अनियन्त्रित चरणमा पुर्याउनेछ ।’
घटना मंगलबार भएको र त्यसबेला उत्तर कोरियाली सैनिकहरू सीमामा स्थायी तवरले मजबुत बनाउने काममा संलग्न रहेको केसीएनएले जनाएको छ ।
यसैबिच, दक्षिण कोरियाली सेनाले उत्तर कोरियाली सैनिकहरूले अस्थायी रूपमा सीमा रेखा पार गरेपछि चेतावनीका गोली चलाएको दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण