दक्षिण कोरिया : विद्यालयका कक्षा कोठामा फोन निषेध
सारांश
- दक्षिण कोरियाले विद्यालयमा मोबाइल फोन र स्मार्ट उपकरण प्रयोगमा प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ।
- यो प्रतिबन्ध २०२६ को मार्चमा सुरु हुने शैक्षिक सत्रदेखि कार्यान्वयनमा आउनेछ।
- विद्यार्थीको शैक्षिक प्रदर्शनमा असर परेको भन्दै स्मार्टफोनको लत रोक्न यो कदम चालिएको हो।
सोल । दक्षिण कोरियाले विद्यालयका कक्षा कोठामा मोबाइल फोन र स्मार्ट उपकरण प्रयोगमा प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ ।
बालबालिका र किशोर किशोरीमाझ फोनको प्रयोगमा निषेध गर्ने दक्षिण कोरिया पछिल्लो देश बनेको छ । २०२६ को मार्चमा सुरु हुने आगामी शैक्षिक सत्रदेखि यो विधेयक कार्यान्वयनमा आउनेछ ।
अनुसन्धानहरूले पनि स्मार्टफोनको अत्यधिक प्रयोगका हानिकारक असरहरूतर्फ औँल्याइरहँदा स्मार्टफोनको लत रोक्ने दुई दलीय प्रयास अन्तर्गत यो कदम चालिएको हो । स्मार्टफोन चलाउने लतले विद्यार्थीको शैक्षिक प्रदर्शन प्रभावित भइरहेको र अध्ययनमा उनीहरूले बिताउने समय घट्दै गइरहेको कानुन निर्माता, अभिभावक र शिक्षकहरूले तर्क गरिरहेका थिए ।
तर विद्यार्थी समेत केहीले भने यो प्रतिबन्धमाथि प्रश्न उठाइरहेका छन् । यो प्रतिबन्धले कसरी काम गर्छ, यसको अर्थ के हो ? यसले स्मार्टफोनको लतको चुरो कुरालाई सम्बोधन गर्छ त भन्ने प्रश्न उनीहरूको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण