गुगललाई साढे ४२ करोड डलर जरिवाना
सारांश
- अमेरिकी अदालतले प्रयोगकर्ताको डेटा गोपनियता उल्लंघन गरेको आरोपमा गुगललाई ४२ करोड डलर जरिवाना तिर्न आदेश दिएको छ।
- गुगलले प्रयोगकर्ताको ट्र्याकिङ फिचर अफ गर्दा पनि डेटा संकलन गरेको पाइएको थियो, जसका कारण यो जरिवाना लागेको हो।
- गुगलले यस निर्णयको विरुद्ध पुनरावेदन गर्ने बताएको छ भने प्रयोगकर्ताले ३१ अर्ब डलर क्षतिपूर्तिको माग गरेका थिए।
क्यालिफोनिर्या । करौंडौं प्रयोगकर्ताका डेटा थुपारेर गोपनियता उल्लंघन गरेको मामिलामा अमेरिकाको एक संघीय अदालतले गुगललाई साढे ४२ करोड डलर जरिवाना तिर्न आदेश दिएको छ ।
आफ्नो गुगल खातामा प्रयोगकर्ताले ट्र्याकिङ फिचर अफ गर्दा गर्दै पनि कम्पनीले डेटा संकलन गरेको पाइएपछि यो जरिवाना तिराइएको हो । कम्पनीले प्रयोगकर्ताको मोबाइल उपकरणमा पहुँच बनाएर आफ्नो डेटा जम्मा पारेको, सेभ गरेर राखेको अनि त्यसलाई प्रयोग गरेको दाबी गर्दै प्रयोगकर्ताले कम्पनीमाथि हालेको मुद्दाको सुनवाइ गर्ने क्रममा यो फैसला आएको हो ।
यस मुद्दामा प्रयोगकर्ताले ३१ अर्ब डलरभन्दा बढीको क्षतिपूर्ति माग गरेका थिए । यो निर्णयले कम्पनीको प्रडक्टले कसरी काम गर्छ भन्ने कुरा गलत तरिकाले बुझेको भन्दै यसको विरुद्ध पुनरावेदन अदालतमा जाने गुगलले बताएको छ ।
‘हाम्रो प्राइभेसी टूलले प्रयोगकर्तालाई उनीहरूको डेटामा नियन्त्रण दिन्छ र उनीहरूले पर्सनलाइजेसन अफ गर्छन् भने हामीले यो छनोटको सम्मान गर्छौँ,’ गुगलको प्रवक्ताले बीबीसीलाई भने । यस मामिलामा गोपनट्यठता उल्लंघनको तीन मध्ये दुई मामिलामा जुरीले कम्पनीलाई दोषी पाएका थिए ।
आफूले कुनै गलत काम नगरेको कम्पनीको दाबी थियो । यो सामूहिक मुद्दाले गुगलका ९ करोड ८० लाख प्रयोगकर्ता र १७ करोड ४० लाख वटा उपकरणलाई समेटेको छ । मुद्दा २०२० को जुर्लामा दायर भएको थियो । यूबर, लिफ्ट, अलिबाबा, एमाजन, इन्ष्टाग्राम र फेसबुक जस्ता दशौं हजार एपबाट गुगलले प्रयोगकर्ताको डेटा लिएको दाबी वादीहरूको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण