सिराहाबाट थप दुई जना फरार कैदीबन्दी पक्राउ
शनिबार, २८ भदौ २०८२, २१ : ५१
सारांश
- सिराहा प्रहरीले 'जेनजी' प्रदर्शनका क्रममा फरार भएका दुई कैदी बन्दीलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा रामसेवक यादव र गोपाल साह रहेका छन्, जो विभिन्न कारागारबाट भागेका थिए।
- यसअघि, शुक्रबार पनि सिराहा प्रहरीले तीन जना फरार कैदी बन्दीलाई नियन्त्रणमा लिएको थियो।
सिराहा । ‘जेनजी’ प्रदर्शनका क्रममा विभिन्न कारागारबाट फरार भएकामध्ये दुई जना कैदी बन्दीलाई सिराहा प्रहरीले आज पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानको नेतृत्वमा खटिएको प्रहरी टोलीले दुई जनालाई जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।
नक्खु कारागार, काठमाडौँबाट फरार भएका लहान नगरपालिका–४ रघुनाथपुर निवासी ५१ वर्षीय रामसेवक यादव र जलेश्वरस्थित कारागार कार्यालयबाट भागेका भारतको मधुवनी निवासी ३८ वर्षीय गोपाल साहलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पासवानले जानकारी दिए ।
यसअघि, शुक्रबार पनि सिराहा प्रहरीले तीन जना फरार कैदी बन्दीलाई भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको थियो । पक्राउ परेका कैदी बन्दीलाई सम्बन्धित कारागारमा पठाउने पहल भइरहेको प्रहरी नायब उपरीक्षक पासवानले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण