समयअनुसार पार्टी रूपान्तरणको अभियान थालौँ : किराती
आइतबार, २९ भदौ २०८२, ०७ : ४९
सारांश
- माओवादी नेता सुदन किरातीले पार्टीभित्रका सीमा भत्काएर प्रश्न गर्नुपर्ने बताए ।
- उनले पार्टी रूपान्तरणका लागि अभियान चलाउनुपर्नेमा जोड दिए ।
- किरातीले विज्ञानको पक्षधरतामा स्पष्ट हुन आग्रह गरे ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री सुदन किरातीले पार्टीभित्र सबै प्रकारको सीमा र दायरा भत्काउँदै प्रश्न गर्ने समय आएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले पार्टीभित्रका दायरा भत्काउँदै प्रश्न गर्ने र उत्तर खोज्नेतर्फ लाग्न आग्रह गरेका हुन् ।
समय अनुसार पार्टी रूपान्तरणको लागि अभियान थाल्नुपर्नेमा उनको जोड छ । उनले भने– 'समय अनुसार पार्टी रूपान्तरणको लागि अभियान थालौँ ।विज्ञानले प्रश्नको र भक्तले भगवानको माग गर्छ । हामी विज्ञानको पक्षधर हौँ कि भगवानको ? स्पष्ट बनौँ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण