ललितपुर जिल्ला अदालतमा नियमित सुनुवाइ नहुने
सारांश
- ललितपुर जिल्ला अदालतमा भदौ २४ गतेको प्रदर्शनबाट क्षति पुगेकाले नियमित सुनुवाइ स्थगित भएको छ।
- मुद्दा मिलापत्र, पक्राउ पुर्जी, म्याद थप, र अन्य केही कार्यहरू भने अदालतले गर्नेछ।
- बन्दी प्रत्यक्षीकरण, अन्तरिम आदेश, विवाह दर्ता र अन्य केही निवेदनहरूको सुनुवाइ हुनेछ।
काठमाडौँ । ललितपुर जिल्ला अदालतमा नियमित सुनुवाइ नहुने भएको छ । भदौ २४ काे प्रर्दशनका कारण सर्वोच्च अदालतको सूचना प्रविधि प्रणालीमा क्षति पुगेका कारण नियमित सुनुवाइ गर्न सकिने अवस्था नभएको ललितपुर जिल्ला अदालतका शाखा अधिकृत टिकाध्वज कार्कीले जानकारी दिए ।
उनले सर्वोच्च अदालतको सूचना प्रविधि प्रणालीबाट अदालतको नियमित पेसी सञ्चालन हुँदै आएकामा हाल साे सेवा अवरुद्ध भएकाे समेत बताए । साे अदालतबाट फिराद तथा प्रतिउत्तर पत्र दर्ता गर्ने र दुवै पक्ष उपस्थित भई मुद्दा मिलापत्र गर्न चाहे मुद्दा मिलापत्र गर्ने काम भने हुनेछ ।
साथै पक्राउ पूर्जी अनुमति, जरुरी पक्राउ पुर्जी, म्याद थप, अभियोग पत्र दर्ता गरी थुनछेक तथा सुनुवाइ गर्ने र चालु मुद्दामा बकपत्र र बयानका लागि दुवै पक्षहरू उपस्थित भए सो सम्बन्धी कार्य गर्ने अदालतले जनाएको छ ।
अदालतमा बन्दी प्रत्यक्षीकरण, अन्तरिम आदेशसहितको निषेधाज्ञाको निवेदन दर्ता गरी सुनुवाइ गर्ने र अधिकृत वारेसनामा दर्ता गरी प्रमाणीकरण गर्ने काम भने हुने जनाइएकाे छ ।
त्यस्तै रोक्का, रोक्का फुकुवाको निवेदन तथा तहसिल शाखामा पेस भएका निवेदन लगायतका फुटकर निवेदनमाथि भने सुनुवाइ हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण