अपडेट
पार्टीको भव्य नयाँ कार्यालय भवन बनाउने प्रचण्डको घोषणा
मङ्गलबार, ३१ भदौ २०८२, १३ : ३८
१
सारांश
- प्रचण्डले माओवादी केन्द्रको नयाँ भव्य कार्यालय भवन बनाउने घोषणा गरेका छन्।
- जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले पार्टी कार्यालय जलाएपछि उनले यस्तो घोषणा गरेका हुन्।
- उनले देशभरका पार्टी कार्यकर्ताको सहयोगमा भवन बनाउने बताए।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको भव्य नयाँ कार्यालय भवन बनाउने घोषणा गरेका छन् ।
जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले पेरिसडाँडामा रहेको पार्टी कार्यालय जलाइदिएसँगै प्रचण्डले देशभरका पार्टी कार्यकर्ताकै सहयोगमा अब फेरि भव्य नयाँ कार्यालय भवन बनाउने घोषणा गरेका हुन् । उनले भने, 'अब सिङ्गो पार्टी पङ्क्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यहरूको सहयोगमा पार्टीको भव्य नयाँ कार्यालय भवन बनाइने छ।'
प्रचण्ड मंगलबार मध्याह्न क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकनका लागि पेरिसडाँडा पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण