रौतहटमा अवैध काठ र गाडी बरामद
सारांश
- रौतहटमा वन गस्ती टोलीले अवैध सालको काठसहित बोलेरो गाडी बरामद गरेको छ।
- डिभिजन वन कार्यालय रौतहटका प्रमुखको नेतृत्वमा धनसर सब-डिभिजन वन कार्यालयको टोलीले काठ र गाडी फेला पारेको हो।
- तस्करहरू काठ र गाडी छोडेर फरार भएका थिए, र बरामद गरिएका गोलिया र गाडीलाई अनुसन्धानका लागि वन कार्यालयमा लगिएको छ।
रौतहट । रौतहटमा वन गस्ती टोलीले अवैध रूपमा काटिएको सालको काठसहित बोलेरो गाडी बरामद गरेको छ। डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त कुमार साहको नेतृत्वमा धनसर सब–डिभिजन वन कार्यालयको संयुक्त गस्ती टोलीले काठसहित बोलेरो गाडी बरामद गरेको हो ।
जिल्लाको लमहा पुलदेखि पश्चिमतर्फको लक्का (कजवे) हुँदै उत्तर तर्फको जङ्गलमा सालका रूख काटी ना. ४ च. ४६६६१ महिन्द्रा बोलेरो गाडीमा गोलिया लोड गरिरहेको अवस्थामा गाडी र काठ बरामद गरिएको हो । मंगलबार राति गरिएको सर्च अप्रेसनका क्रममा तस्करहरू
काठ र गाडी छोडी फरार भएका डिभिजन वन कार्यालय रौतहटले जनाएको छ। गस्ती टोलीले तत्कालै ७ थान गोलिया करिब २५ क्यूफीट सालको काठ र गाडी बरामद गरी नियन्त्रणमा लिएको वन कार्यालय रौतहटले जनाएको छ।
बरामद काठ र गाडीलाई आवश्यक अनुसन्धानका लागि वन कार्यालयमा ल्याइएको डिभिजन प्रमुख साहले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण