नेपाल-वेस्ट इन्डिज क्रिकेट
नेपालद्वारा वेस्ट इन्डिजलाई १४९ रनको लक्ष्य
शनिबार, ११ असोज २०८२, २१ : ५९
सारांश
- नेपालले वेस्ट इन्डिजविरुद्धको टी-ट्वान्टी सिरिजको पहिलो खेलमा १४९ रनको लक्ष्य दिएको छ।
- टस हारेर ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको ३८ रनको योगदान सहित १४८ रन बनायो।
- वेस्ट इन्डिजका जेसन होल्डरले चार विकेट लिए भने नेपालले सिरिजमा जितको लक्ष्य राखेको छ।
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिजविरुद्धको टी–ट्वान्टी सिरिजको पहिलो खेलमा १४९ रनको लक्ष्य दिएको छ ।
शारजहा क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन बनायो ।
नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ३८ रनको योगदान गरे । त्यस्तै कुशल मल्ले ३० रन बनाउँदा गुलशन झाले २२ रनको योगदान गरे ।
वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले २० रन खर्चे । त्यस्तै नविन विदाशीले तीन विकेट लिए । वेस्ट इन्डिजका अकेल हुसेनको नाममा एक विकेट रह्यो ।
नेपाल आजको खेलमा सहज जित निकाल्दै सिरिजमा उत्कृष्ट सुरुवात गर्ने योजनामा छ ।
नेपालले वेस्ट इन्डिजसँग तीन खेलको सिरिज खेल्नेछ । सिरिज अन्तर्गत दोस्रो खेल २९ तारिखमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण