कारागारबाट भागेका कैदीबन्दी पक्राउ गर्न कार्यदल गठन
सारांश
- तनहुँ कारागारबाट भागेका कैदीबन्दी पक्राउ गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ।
- आन्दोलनका क्रममा ३२७ जना फरार भएका थिए, जसमा १८७ जना पक्राउ परिसकेका छन्।
- फरार कैदीबन्दीलाई असोज २० गतेसम्म सम्पर्कमा आउन अनुरोध गरिएको छ, अन्यथा कारबाही हुनेछ।
तनहुँ। ‘जेनजी’ प्रदर्शनका क्रममा तनहुँ कारागारबाट भागेका कैदीबन्दी पक्राउ गर्न कार्यदल गठन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन गरिएको हो ।
कार्यदलमा सशस्त्र प्रहरी बल मनकामना गण नं २३ भानुका सशस्त्र प्रहरी निरीक्षक सदस्य र सदस्य सचिवमा तनहुँ कारागारका प्रशासक श्यामसिंह बोहोरा रहेका छन् ।
आन्दोलनका क्रममा भदौ २४ गते कारागारबाट ३२७ जना फरार भएका थिए । त्यसमध्ये १८७ जना पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। त्यसबाहेक अन्य विभिन्न कारागारबाट भागेका ४४ जनालाई पनि पक्राउ गरी सम्बन्धित कारागारमा पठाइएको उनले बताए ।
फरार भएका कैदीबन्दीलाई आगामी असोज २० गतेसम्म कारागार कार्यालय वा नजिकको प्रहरी कार्यालयको सम्पर्कमा आउन अनुरोध गरिएको छ । अन्यथा कारागार ऐन, २०७९ र प्रचलित कानुनबमोजिम कारबाही हुने र त्यस्ता कैदीबन्दीहरुलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी प्रचलित कानुनबमोजम कारबाही गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण