विपद्मा मानवीय क्षति शून्य हुने गरी काम गर्दै छौँ : गृहमन्त्री अर्याल
सारांश
- गृहमन्त्री ओमप्रकाश अर्यालले बाढी र पहिरोबाट मानवीय क्षति शून्य बनाउन काम गरिरहेको बताए।
- उनले सरकारका निकायहरूलाई विपद्को उद्धारमा लाग्न निर्देशन दिएका छन् ।
- मन्त्री अर्यालले विपद्को समयमा नाजायज काम नगर्न मातहतका अधिकारीहरूलाई निर्देशन दिए।
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण सम्भाव्य मानवीय क्षति शून्य हुने गरी काम गरिरहेको बताएका छन् । मन्त्रालय स्थित कन्ट्रोल रुमबाट सर्वसाधारणलाई सन्देश दिँदै मन्त्री अर्यालले भने, ‘मानवीय क्षति शून्य हुने गरी काम गरिरहेका छौँ ।’
सरकारका निकायहरूलाई मानवीय क्षति शून्य हुने गरी विपद्को उद्धारमा लाग्न निर्देशन दिइएको उनले बताए । विपद्को बेलामा सुशासन अझै बढी महत्त्वपूर्ण रहेको उल्लेख गर्दै अर्यालले भने, ‘यस्तो बेलामा नाजायज काम भयो भने सरकारप्रतिको आक्रोश अर्को चरणमा पुग्छ ।’
विपद्को समयमा हुनसक्ने नाजायज काममा संलग्न हुने कमजोरी नगर्न मन्त्रालय मातहतका अधिकारीहरूलाई अर्यालले निर्देशन दिएका छन् । उनले भने, ‘कमजोरी हुन नदिनुहोला ।’
अविरल वर्षासँगै देखिएको चुनौतीलाई अवसरको रूपमा लिएर काम गर्न र जनधनको क्षति हुनबाट बचाउनले उनले मन्त्रालय मातहतका संयन्त्रलाई आह्वान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण