शक्ति केन्द्रले पार्टी फुटायो: डा. सीके राउत
सारांश
- डा. सीके राउतले जनमत पार्टी कुनै शक्ति केन्द्रको चलखेलमा परेर विभाजन भएको आरोप लगाएका छन्।
- पार्टी फुटाउने प्रयास एक वर्षदेखि भइरहेको र नेताहरूमा महत्त्वाकाङ्क्षाले विवाद निम्त्याएको राउतले बताए।
- पार्टीबाट कारबाहीमा परेका दीपक साहले बहुमत सदस्य लिएर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका छन्।
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नो पार्टी कुनै शक्ति केन्द्रको चलखेलमा परेर विभाजन भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पार्टी फुटाउने प्रयास एक वर्षदेखि भइरहे पनि आफूले अहिलेसम्म पार्टी जोगाउँदै ल्याएको बताए।
आइतबार फेसबुक लाइभमार्फत बोल्दै डा. राउतले जनमत पार्टी विभाजन हुनु कुनै नयाँ घटना नभएको बताएका छन्। उनले भने, ‘पार्टी फोड्नेहरूसँग मेरो कुनै गुनासो छैन, बरु भनेको भए माला लगाएरै बिदाइ गर्थेँ।’ उनका अनुसार, पार्टी सत्तामा पुगेपछि नेताहरूमा बढेको महत्त्वाकाङ्क्षाले विवाद उत्पन्न गरेको हो।
डा. राउतले आफूलाई जनतामाथि विश्वास रहेको बताउँदै भने, ‘जनताले जे निर्णय गर्छ, म त्यसलाई नै स्विकार्छु। कोही पार्टी छोडेर गयो भनेर केही फरक पर्दैन।’
उनका अनुसार, विगत एक वर्षदेखि विभिन्न शक्ति केन्द्रले पार्टी फुटाउन प्रयत्न गरिरहेका थिए। कसैको उक्साहटमा पार्टी विभाजन गरेर धेरै दिनसम्म पार्टीमा टिक्न नसक्ने बताउँदै उनले आफ्नो लागि यो नयाँ कुरा नरहेको बताए ।
यसैबिच, पार्टीबाट कारबाहीमा परेका नेता दीपक साहले बहुमत केन्द्रीय सदस्य लिएर नयाँ पार्टी दर्ताका लागि आइतबारै निर्वाचन आयोगमा निवेदन दिएका छन्। साहले आफूसँग बहुमत रहेको दाबी गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण